आइतवार, असार ३, २०८१

कोही भन्छन्– ‘देउता मान्छौं, छाउप्रथा मान्दैनौं’, कसैको बारीमा बास

  
जगतदल जनाला विक सोमवार, माघ ६, २०७६

सुर्खेत, रामघाटकी गगनसरा वली ।सुर्खेत । भेरीगंगा नगरपालिका–१३ की गगनसरा वली ४६ वर्षकी भइन् । उनका पाँच छोरी र एक छोरा छन् । त्यतिमात्र होइन, उनी एक नाति र चार नातिनीकी हजुरआमा पनि हुन् । गगनसराले माइतीमा हुँदादेखि नै कहिल्यै छाउ बार्नु परेन । बिहे भएपछि पनि छाउ हुँदा घरभित्रै बसिन् । छोरीलाई समेत उनले छाउप्रथाबाट टाढै राखिन् । भन्छिन्, ‘हामी देउता मान्छौं, तर छाउ मान्दैनौं ।’

सुदूरपश्चिम र कर्णाली प्रदेशमा देउता रिसाउने डरले छोरी बुहारीलाई छाउगोठमा बस्न बाध्य पारिन्छ । रामघाटमा गगनसराजस्ता अन्य थुपै्र महिला भने छाउप्रथा मान्दैनन् । त्यसैले उनीहरुलाई न देवताको डर छ, न त समाजकै । ‘देउता त हामी पनि मान्छौं, कालिका र कुलानलाई वर्षमा दुईपटक थानमा पाठा काट्छौं,’ उनी भन्छिन्, ‘तर हाम्रा देउता कहिल्यै रिसाएनन् ।’

रामघाटका महिलाहरु छाउ भएका बेला खाना पकाउने, पानी ल्याउने, घाँस काट्ने र गाई–भैंसीको दुधसमेत खाने गर्छन् । उनीहरु छाउ भएको बेला परिवारस“ग घरभित्र साथै बस्छन् । स्थानीय मानकुमारी वलीले छाउ भएका बेला बलात्कृत हुनेदेखि सर्पले टोकेर वा चिसोले कठ्या“ग्रिएर मृत्यु हुने गरेका घटनाले आपूmहरुलाई झस्काउने गरेको बताइन् । ‘हाम्रा गाउ“मा त छाउपडी नभएकोले यस्तो अशुभ समाचार सुन्नु पर्दैन,’ उनले भनिन् ।

भेरीगंगा नगरपालिकामा पहिल्यैदेखि छाउपडीप्रथा थिएन । अलि–अलि छाउप्रथा मान्ने समुदायलाई साविकको रामघाट गाउ“ विकास समितिले जनचेतनामूलक कार्यक्रममार्पmत न्यूनीकरणको पहल ग¥यो । नगरपालिकाकी उपप्रमुख रेणु आचार्यले अहिले पनि छाउप्रगाविरुद्ध अभियान चालू रहेको बताइन् ।

 

छाउगोठ भत्किए, छाउप्रथा भत्किएन

छाउगोठ भत्काएपछि बारीमा झुपडी बनाएर बसेकी बाबियाचौरकी एक महिला ।

पञ्चपुरी नगरपालिका–६ की कल्पना विक छाउगोठ भत्काएपछि खुला आकाशमुनि कष्टकर दिनहरु बिताउँदैछिन् । गाउँमा पहिला पनि छाउगोठ नभत्किएका होइनन् । साविकको बावियाचौर गाविसलाई २०६८ साल जेठमा छाउपडीमुक्त घोषणा गरिएको थियो । तामझामका साथ गरिएको घोषणा घोषणामै सीमित बनेको थियो । साँघुरो छाउगोठभित्र निस्सासिँदो जीवन बाँच्ने कल्पनाजस्ता महिलाहरु अहिले चिसो हिउँदमा खुला आकाशमुनि छाउ बार्न बाध्य छन् । ‘चिसो मौसम, त्यसमाथि झरी आउँछ,’ उनले भनिन्, ‘भित्र जाउँ भने देवताको डर लाग्छ, रातभर छाता ओढेर बस्ने गरेकी छु ।’

पञ्चपुरी नगरपालिका–६ कि अमरा विकले आफूलाई घरभित्र बस्न मन भए पनि समाज र देउताको डरले आ“ट गर्न नसकेको बताइन् । ‘छाउगोठ भत्किए पनि हाम्रो मनको डर भत्किएको छैन,’ उनले भनिन् ।

पञ्चपुरी–४ का वडा सदस्य ताराप्रसाद ढुङ्गाना छाउप्रथा यहाँको लागि ‘परम्परागत प्रथा’ जस्तै बनिसकेकोले तत्काल छाउगोठबाट घरभित्र ल्याउन समस्या परेको बताउ“छन् । परम्परागत सोच र संस्कारका कारण पनि ७० प्रतिशतभन्दा बढी मानिसले छाउप्रथा मान्ने गरेको उनको भनाइ छ । ‘अभियान ल्याएर गोठहरू भत्किए पनि सोचाइमा परिवर्तन आउन सकेको छैन,’ उनले भने, ‘गोठ भत्काएपछि महिलाहरू कपडाका पालमा रात काटिरहेका छन् ।’

सुर्खेतको बाबियाचौरमा छाउपडीप्रथाविरुद्ध कार्यक्रममा स्थानीय ।

छाउपडी प्रथा उन्मूलन गर्ने लक्ष्यका साथ गृह मन्त्रालयको निर्देशनमा जिल्ला प्रशासन कार्यालयले कर्णाली र सुदूरपश्चिममा छाउगोठहरु भत्काउने क्रम जारी राखेको छ । सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काका अनुसार हालसम्म सुर्खेतमा ११ सय ६० छाउगोठ भत्किसकेका छन् । पश्चिम सुर्खेतका बराहताल गाउँपालिका, पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिकामा बढी छाउगोठ भत्काइएका उनले बताए ।