आइतवार, मंसिर ३०, २०८१

सुर्खेतमा प्रहरीको गोली चल्दा ८ जना घाइते

अहिले साढे ६ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु

  
कर्णाली टाइम्स मंगलबार, माघ १४, २०७६

सुर्खेत । कालीकोट महावै गाउँपालिका– ३ सिमखेत घर भएका २० वर्षीय केशर सिंह ठकुरीको टिपरले किच्दा मंगलबार बिहान ८ बजे मृत्युु भएको थियो । आफन्तले आन्दोलनलाई चर्को पार्न खाजेपछि आन्दोलनका क्रममा प्रहरीले गोली चलाएको छ ।


जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार आन्दोलनले उग्र रूप लिँदा प्रहरीले २ राउण्ड हवाई फायर गरेको र आन्दोलन समूहले गोली चलाएको सुर्खेतका प्रहरी प्रमुख डिल्लीराज पन्तले बताए ।
प्रत्यक्षदर्शीका अनुसार प्रहरीले गोली चलाउँदा जुम्लाका २५ वर्षीय महेश गौतम, दैलेखका १६ वर्षीय हिदेशकुमार शाही, दैलेखका १७ वर्षीय कृष्णबहादुर थापा, दैलेखकै १७ वर्षीय गोकुल गिरी, कालीकोटका कमान सिंहलगायत ८ जना घाइते भएका छन् ।
जिल्ला प्रशासन कार्यालयका सहायक जिल्ला अधिकारी कृष्णबहादुर खड्काका अनुसार शान्तिसुरक्षालााई मध्यनजर गर्दै अहिले साढे ६ बजेदेखि भोली बिहान ६ बजेसम्म कंफ्र्यु लगाइएको छ । ‘पुर्वमा इत्रामखोला, पश्चिममा बाङ्गेसिमल, उत्तरमा कपासे व्यारेक र दक्षिणमा रत्न राजमार्ग देखि पाँच सय मिटर सम्म ।’ कंफ्र्यु लगाइएको छ ।’ खड्काले भने,’ जिल्ला प्रहरी कार्यालय, र प्रशासनको संयुक्त बैठकले यस्तो निर्णय गरेका हौं ।