आइतवार, जेष्ठ ६, २०८१

जीप दुर्घटनामा एकको मृत्यु, १४ जना घाइते

  
कर्णाली टाइम्स मंगलबार, माघ २१, २०७६
सांकेतिक तस्वीर

सुर्खेत, २१ माघ । सुर्खेतको बराहताल गाउँपालिकामा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बराहताल गाउँपालिका र वीरेन्द्रनगर नगरपालिकाको वडा नं. १४ को सिमाना फेदखोलामा मंगलवार बोलेरो जीप दुर्घटना हुँदा बराहताल गाउँपालिकाका –९ का ७४ वर्षीय दशरथ शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक (डिएसपी) रवि रावलले जानकारी दिए । बराहतालबाट वीरेन्द्रनगर तर्फ जाँदै गरेको ००२–००१ ज ००१५ नम्बरको बोलेरो दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । रावलका अनुसार सडकको क्षमता भन्दा बढी यात्रुहरु राखेका कारण दुर्घटना भएको हो ।
घाइते हुनेहरूमा मोहनसिंह पुलामी, सिर्जना थापा, सुन्नु सुनार, पूर्णिमा सुनार, रेविका सुनार, गौरी शाही, टोपेन्द्र मगर, एलिसा सुनार, करिस्मा सुनार, तेजेन्द्र रोकाया, तुलबहादुर सुनार, कल्पना ठाकुर र अमृता सुनार रहेका छन् ।
घाइतेको अहिले माया नर्सिङ होम, प्रदेश अस्पताल कालागाउँ र देउती नर्सिङ होममा उपचार भइरहेको डिएसपी रावलले जानकारी दिए । घटनाको विषयमा अनुसन्धान भइरहेको डिएसपी रावलको भनाई छ ।