बुधबार, फागुन ९, २०८०

यस्तो छ चन्दननाथमा प्रमुख–उपप्रमुख विवादको जड

  
कर्णाली टाइम्स बिहीबार, फागुन १, २०७६

जुम्ला । जुम्लाको चन्दननाथ एक यस्तो नगरपालिका हो, जसमा प्रमुख र उपप्रमुख दुबैजना महिला छन् । देशको सबैभन्दा पिछडिएको कर्णाली प्रदेशको स्थानीय तहमा दुबैजना महिला हुनु अवसर पनि हो । तर, पछिल्लो समय प्रमुख र उपप्रमुखबीच आरोप प्रत्यारोप चुलिएको छ ।

उपप्रमुख अप्सरादेवी न्यौपानेले नगर प्रमुख कान्तिका सेजुवालले आप्mनो अधिकारमाथि हस्तक्षेप गरेको आरोप लगाएकी छिन् । प्रमुख सेजुवालले भने त्यसको खण्डन गर्दै उपप्रमुखले आप्mनो जिम्मेवारी बहन नगरेको, नगरपालिकाको काममा असहयोग गरेको र गैरकानुनी रुपमा गाडी प्रयोग गर्ने तथा कर्मचारीसँग झगडा गर्ने गरेको आरोप लगाएकी छिन् ।

उपप्रमुख न्यौपानेले बुधबार खलंगामा पत्रकार सम्मेलन गरी नगर प्रमुखले मनपरि गरेको, अनुगमन तथा सुपरीवेक्षणको आप्mनो अधिकारमा हस्तक्षेप गरेको, नगरसभाबाट पारित बजेटको टेन्डर प्रक्रियामा नीतिगत अतियमितता गरेकोजस्ता आरोप लगाएकी छिन् । उनको पत्रकार सम्मेलनमा उनीसहित नेकपाबाट निर्वाचित वडाध्यक्ष र कार्यपालिका सदस्य सहभागी थिए । उनीहरुले नगर प्रमुखबाट एकलौटी रुपमा नगरपालिका चलाउन खोजेको आरोप पनि लगाएका थिए ।

उपप्रमुखले पत्रकार सम्मेलन गरेको भोलिपल्ट बिहीबार नगर प्रमुख सेजुवालले ४ पृष्ठ लामो प्रेस विज्ञप्ति जारी गर्दै त्यसको खण्डन गरेकी छिन् । उनले विज्ञप्तिको पहिलो खण्डमा ६ बुँदामा कानुनमा रहेका व्यवस्था स्पष्ट पारेकी छिन् । उक्त खण्डमा संविधान र कानुनमा प्रमुख तथा उपप्रमुखको काम, कर्तव्य र अधिकारबारे सम्झाइएको छ ।

विज्ञप्तिको दोस्रो खण्डमा उपप्रमुखले लगाएका आरोपको १२ बुँदामा एक–एक गरी खण्डन गरिएको छ । ‘न्यायिक समितिको कामकारबाहीप्रति नगर प्रमुखबाट कुनै हस्तक्षेप नभएको र स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ५३ (२) बमोजिम न्यायिक समितिको कामको वार्षिक विवरण प्रमुखसमक्ष पेश गर्नुपर्नेमा हालसम्म पनि गरिएको छैन,’ नगर प्रमुख सेजुवालद्वारा प्रेशित विज्ञप्तिमा भनिएको छ, ‘नगरपालिकाबाट हुने काम, कारबाही र योजना कार्यक्रमहरुको स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १६ ‘क’ अनुरुप रेखदेख, निर्देशन र नियन्त्रण गर्ने जिम्मेवारी प्रमुखमा रहेको, तर उपप्रमुखको अधिकारमा कुनै हस्तक्षेप गरिएको छैन, बरु स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १६ख५ अनुरुप प्रतिवेदन प्रमुखमार्पmत बैठकमा पेश गर्नु पर्नेमा हालसम्म पनि उपप्रमुखबाट पेश भएको छैन ।’ आर्थिक वर्ष २०७४÷७५ देखि कार्यान्वयन भएका योजनाहरुको अनुगमन तथा सुपरीवेक्षण उपप्रमुखको संयोजकत्वमा रहेको समितिले अनुगमन गरी कार्यालयले भुक्तानी गरेको समेत विज्ञप्तिमा उल्लेख छ । त्यसैगरी कार्यालयको सवारी साधन जिप प्रमुख, उपप्रमुख र कार्यालयले कार्यालय प्रयोजनको लागि प्रयोग गरिँदै आएकोमा उपप्रमुखले गाडी प्रयोग गर्ने तथा सवारी लगबुकमा प्रयोजन नखोल्ने र दस्तखत नगर्ने तथा कर्मचारीबाट लगबुकमा दस्तखत गर्न अनुरोध गर्दा उल्टै कर्मचारीसँग झगडा गर्ने गरेको पनि नगर प्रमुख सेजुवालको आरोप छ ।

 

उपप्रमुखको असहयोगले रोकियो लगानी सम्मेलन !
नगर प्रमुख सेजुवालले उपप्रमुखको असहयोगकै कारण गत आर्थिक वर्षमा गर्न लागिएको लगानी सम्मेलन अन्तिम चरणमा स्थगित भएको बताएकी छिन् । नेपालमै पहिलोपटक स्थानीय तहले गर्न थालेको बृहत लगानी सम्मेलन हुन नसक्दा चन्दननाथ नगरपालिकालाई ठूलो क्षति भएका उनको भनाइ छ ।

नगर प्रमुख सेजुवालका अनुसार नगरपालिकाले गत आर्थिक वर्षमा लगानी सम्मेलनको लागि सम्पूर्ण तयारी गरिसकेको थियो । यसको लागि संघीय अर्थमन्त्रीदेखि कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्रीसम्मलाई निम्तो दिइसकिएको थियो । तर, उपप्रुमख न्यौपानेले राजनीतिक पूर्वाग्रहका कारण लगानी सम्मेलन हुन नदिन चलखेल गरेको सेजुवालको भनाइ छ । चन्दननाथमा नगर प्रमुख सेजुवाल कांग्रेसबाट निर्वाचित हुन् भने उपप्रमुख न्यौपाने नेकपा (तत्कालीन माओवादी)बाट निर्वाचित हुन् ।

 

नगर प्रमुख कान्तिका सेजुवालद्वारा जारी ४ पृष्ठ लामो प्रेस विज्ञप्ति–