शुक्रबार, साउन ४, २०८१

तीन सय ५० जनाले गरे निशुल्क उपचार

  
कर्णाली टाइम्स आइतवार, फागुन ४, २०७६

सुर्खेत, ४ फागुन । चेतना विद्या निकेतन बोर्डिङ स्कुलले शनिवार एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । वीरेन्द्रनगर नगरपालिका वडा १२ चनौटेका आर्थिक अवस्था कमजोर भएका तीन सय ५० जना बिरामीहरुलाई निशुल्क उपचार सेवा दिएको हो ।

विद्यालयमा अध्यनरत सम्पुर्ण बालबालिका र उनीहरुका अभिवाकले शिविरबाट निस्शुल्क सेवा पाउँदा खुसीभएको विद्यालयका प्रिन्सीपल हुमलाल भट्टराईले बताए ।

उनका अनुसार शुभलक्ष्मी कलेज अफ हेल्थ साईन्स हस्पिटल संगको सहकार्यमा गरिएको थियो ।