सोमवार, मंसिर १७, २०८१

कर्णाली महोत्सवको तयारी पूरा, भोली उपराष्ट्रपतीद्धारा उद्घाटन

  
कर्णाली टाइम्स सोमवार, फागुन ५, २०७६


जगतदल जनाला वि.क

सुर्खेत, ५ फागुन । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा मंगलवार देखी सञ्चालन गर्न लागिएको दोस्रो कर्णाली एक्सपो (महोत्सव) को सबै तयारी पूरा भएको आयोजकले जनाएका्े छ । समृद्ध कर्णालीको दिगो, आर्थिक विकासको आधारःअर्गानिक कृषि,पर्यटन,जलश्रोत र उद्योग हुन पुर्वाधारः भन्ने नाराकासाथ संञ्चालन गर्न लागिएको महोत्सवको उपराष्ट्रपति नन्दबहादुर पुनले दिउँसो एक बजे उद्धघाटन गर्ने कार्यक्रम रहेको छ । सुर्खेत उद्योघ बाणिज्य संघका अध्यक्ष धनबहादुर रावतका अनुसार उद्घाटन पूर्वका सबै काम सकिएको छ । आगलागी, हावाहुरीबाट भिडभाड, खेलाखेल्दा कुनै दुर्घटना भए, हाताहाती लगायतका सम्भावित जोखिमलाई मध्यनजर गर्दै आयोजकले ६ करोडको विमा गरेको छ ।

एक्स्पोमा आउने दर्शकलाई लक्षित गर्दै सुरक्षित महसुस गराउन यो पहिलो पटक प्रयोगमा ल्याईएको आयोजकले जनाएको छ। पछिल्लो समय जिल्लामा आयोजना हुने विभिन्न किसिमका मेला महोत्सवहरु भन्दा यो पटको महोत्सव फरक हुने आयोजको दावी छ।

मुलआयोजक समितिका संयोजक समेत रहनुभएका रावतले आर्थिक संकलन र नाफामुखी मात्र नभएर आम्दानीको केही प्रतिशत रकम व्यापारीको सामुहिक हितको लागि स्थापना गरिएको अक्षयकोषमा जम्मा गरिने बताए । विभिन्न उद्योग तथा उद्यमीहरु, कृषक तथा कृषि उत्पादनहरुको प्रचारप्रसार एवं व्यापार प्रवर्द्धन गरिने छ ।
पाँचसय व्यवसायिक स्टलहरु रहने महोत्सवमा ८० वटा स्टल कृषिका राखिने छन् । कर्णालीका दश वटै जिल्लाका कृषक उद्यमीहरुले उत्पादन गरेका रैथाने तथा अर्गानिक कृषि उपजहरुको प्रदर्शनी गरिनेछ। पहिलो पटक लण्डन ब्रिज (प्रवेशद्वार) सहित ब्रुजअल अरब दुवइ सेल्फी जोन पनि व्यवस्था गरिएको छ।

६ लाखभन्दा बढी दर्शकहरुले अवलोकन गर्ने अपेक्षा गरिएको महोत्सवमा झन्डै एक करोड तीस लाख रकम खर्च हुने अनुमान आयोजकको छ । मेलामा भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषिको प्रवर्द्धनको लागि विभिन्न शिर्षकमा ४२ लाख खर्च गर्नेछ ।
भोलीबाट सञ्चालन गर्न लागिएको महोत्सव फागुन १७ गते सकिने छ ।