शनिबार, भदौ २९, २०८१

औषधालयका लागि बजेटको कमी हुनेछैनः राज्यमन्त्री रावत

  
कर्णाली टाइम्स सोमवार, फागुन ५, २०७६
प्रादेशिक औषधालयको अवलोकन गर्दै स्वास्थ्य राज्यमन्त्री रावत

जगतदल जनाला विक
सुर्खेत, १८ फागुन ।
स्वाथ्य तथा जनसङ्या राज्यमन्त्री नवराज रावतले प्रादेशिक आयुर्वेद औषधालयको भौतिक संरचना निर्माणको लागि बजेटको कमी हुन नदिने बताएका छन् । सोमवार प्रादेशिक औषधालयको अवलोकन गर्दै मन्त्री रावतले यस्तो बताएका हन् ।
संघीय सरकार र प्रदेश सरकारले नीति तथा योजना बनाउँदा आयुर्वेद क्षेत्रमा विषेश ध्यान दिनुपर्ने भन्दै मन्त्री रावतल आफ्नो मन्त्रालयले पनि सहयोग गर्ने प्रतिबद्धता जनाए । औषधालयका भौतिक संरचना निर्माणको लागि आर्थिक अभाव हुन नदिने भन्दै उनले सेवाको प्रभावकारितामा ध्यान दिन आयुर्वेद औषधालायलाई निर्देशन दिएका छन् ।
आयुर्वेद औषधालय व्यावस्थापन समितिका अध्याक्ष विनोद ढकालले औषधालयमा जनशक्ति र भौतिक संरचनाको कमी रहेको भन्दै भौतिक संरचना निर्माणमा सहयोग गरिदिन सरकारसँग आग्रह गरे । प्रदेश सरकारलाई ४८ जना कर्मचारीको दरबन्दी पठाए पनि अहिलेसम्म कुनै पहल नगरेको उनले गुनासो गरे । संघीय सरकारले दिएको दरबन्दी अनुसार एकजना डाक्टर करारमा राखिएको जानकारी दिँदै उनले जनशक्ति नहुँदा काम गर्न समस्या भईरहेको बताए ।
प्रादेशिक आयुर्वेद औषधालयले अहिले कर्णालीका १० जिल्ला र स्थानीय तहमा संचालनमा रहेका आयुर्वेद औषधालयहरुमा औषधी पठाउने गरेको छ । औषधालयले कर्णालीको १० वटै जिल्लामा नसर्ने रोग व्यावस्थापन गर्नको लागि स्वास्थ्य शिविर चाउनुपर्ने भएकोले औषधि ढुवानी गर्न सवारी साधनको अभाव रहेको उनले बताए ।