बुधबार, फागुन ९, २०८०

प्रचण्डले भने, ‘बाँके, बर्दिया कर्णालीमा आउँदैन’ (भिडियो सहित)

  
कर्णाली टाइम्स बुधबार, फागुन ७, २०७६
सुर्खेत बिमान स्थलमा पत्रकारहरु संग कुराकानी गर्दै नेताहरु

जगतदल जनाला विक
सुर्खेत, ७ फागुन ।
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले बाँके बर्दियालाई कर्णाली प्रदेशमा गाभ्ने कुरा आफुले नगरेको बताएका छन् ।
बुधवार सुर्खेत बिमानस्थलमा पत्रकारहरु संग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले तत्काल बाँके बर्दियालाई कर्णालीमा ल्याउन सम्भव नभएको बताए ।

तपाईँले संघियता सध्याउनुपर्ने र बाँके बर्दियालाई कर्णालीमा ल्याउनुपर्र्छ भन्ने धाराणा राख्नु भा थियो खासमा के हो ? भन्ने पत्रकारहरुको प्रश्नमा उनले यस्तो बताएका हुन । ‘देश संघिय संरचनामा गइसकेपछि केहि प्रदेशका नाम र राजधानी टुङ्गाउने सन्दर्भमा यो विषय उठे पनि तत्काल बाँके बर्दियालाई कर्णालीमा ल्याउनुपर्छ भन्ने भनेको छैन ।’ अध्यक्ष प्रचण्डले भने,’ भौगोलिक संरचनामा नै फेरबदल गर्ने होकी भन्ने खालको छलफल भएपनि त्यस्तो आधिकारिक निर्णय भएको छैन ।
उनले प्रदेशको भुगोल र बनावट सधैं एउटै रहन्छ भन्ने कुराको ग्यारेन्टी नभएको बताउँदै जनताको आवश्यकता र चाहाना अनुसार परिमार्जन र परिवर्तन हुनसक्ने बताए ।

कर्णाली करिडोर , सुर्खेत विमानस्थल विस्तार, हाइड्रो प्रोजेक्टका कामहरु तत्कालबाट सुरुवात गरिने बताए । कर्णालीको विकासका लागि विशेष प्याकेज ल्याउनका लागि संघिय सरकार र पार्टीले कर्णालीलाई प्राथामिकतामा राखि काम गर्ने प्रतिवद्धता जनाए ।
यस्तै बजेट कार्यान्वयनका लागि कर्मचारी अभाव विषयमा कर्णालीका मुख्यमन्त्री सांसद र पार्टीका नेताहरुले गुनासो राखेको बताउँदै संघले छाता ऐन नबनाउँदा सम्म प्रदेशले पनि ऐन बनाउन नमिल्ने भएकोले यसको समाधानका लागि काम अगाडी बढाइने बताए । ‘संघले कर्मचारी सम्बन्धी छाता ऐन नल्याउँदा कर्मचारी समस्या देखिएको हो ।’ पुर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले भने,’ त्यो ऐनलाई यथासिघ्र ल्याउनु नै यहाँको समस्याको हल हुने भएकोले त्यसमा हाम्रो विशेष ध्यान गएको छ । नेकपा कर्णाली प्रदेशस्तरिय अगुवा कार्यकर्ता भेलालाई सम्बोन्धन गर्न वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णु पौडेल समेत सहभागी थिए ।

भिडियो = मुख्यमन्त्रीका प्रेस सल्लाहकार धुर्व बुढाथोकीको फेसबुकबाट