आइतवार, मंसिर ३०, २०८१

प्रथम कर्णाली अर्गानिक कृषि सम्मेलन सुरु

  
कर्णाली टाइम्स बुधबार, फागुन ७, २०७६


सुर्खेत, ७ फागुन ।
कर्णाली प्रदेशमा पहिलो पटक प्रथम कर्णाली अर्गानिक कृषि सम्मेलन २०७६ सुरु भएको छ ।
कर्णाली प्रदेश सरकार , भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको आयोजनामा पहिलो पटक कर्णालीमा अर्गानिक कृषि सम्मेलन सुरु भएको हो । अर्गानिक कृषि प्रविधिहरुको अवलम्वन, अवसर, चुनौती ,नीति तथा भावी कार्यदिशा विषयमा छलफल गरिने मन्त्रालयले जनाएको छ ।
सम्मेलनको पहिलो दिनमा कर्णालीको पृष्ठभूमि, कृषि तथा नीतिहरु कर्णाली प्रदेशको भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव राजेन्द्रप्रसाद भारी, भारतका कृषि, पर्यावरणीयका लेखक, सम्पादक तथा अभियान्ता भरत मन्सता, सुकदेव सिंह र मणिराम पुनिया, नेपालका अर्गाानिक विज्ञ छवि पौडेल, लिवर्डका पिताम्बर श्रेष्ठ, मन्त्रालयका अधिकृत धनवहादुर कठायत, प्रकृति मानव केन्द्रित जनअभियानका प्रतिनिधि माया गौतम केसी र बिन्दुराज सापकोटाले आफ्नो अनुभव तथा कार्यपत्र प्रस्तुत गर्ने कार्यसुचि रहेको छ ।
त्यस्तै दोस्रो दिन भारतका अर्गानिक अभियान्ता तथा विज्ञ घनश्याम डेमोक्रेट, नेपालका अभियान्ता तथा विज्ञ उद्धव अधिकारी, डिलाराम भण्डारी, डा.भानु पोखरेल, कृषि तथा वन विश्वविद्यालयका प्रतिनिधि, विज्ञ रामकृष्ण श्रेष्ठ, अर्गानिक विज्ञ डाक्टर कृष्ण पौडेलले कार्यपत्र प्रस्तुत गर्ने भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता हरिप्रसाद पण्डितले जानकारी दिए ।


दुई दिन सम्म संचालन हुने सम्मेलनमा कर्णाली प्रदेश सरकारका प्रवक्ता एवम भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसी, पुर्व गृहमन्त्री जनार्दन शर्मा, २ नम्बर प्रदेशका भुमि ब्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्र प्रसाद साह, राष्ट्रिय सभा सदस्य बिमला राई पौडेल, कर्णाली प्रदेशका मन्त्रीहरु, कर्णाली प्रदेश योजना आयोगका पदाधिकारी, प्रदेश सभाका सदस्यहरु, कर्णाली प्रदेशका स्थानीय तहका प्रमुख÷प्रतिनिधिहरु, कर्णाली प्रदेशका जिल्ला समन्वय समितिका प्रमुखहरु, संघिय सरकारका प्रतिनिधि, कर्मचारी, कृषकहरु,विभिन्न विज्ञहरुको सहभागीता रहेने प्रवक्ता पण्डितले जानकारी दिए ।