शनिबार, असार २, २०८१

कर्णाली नदीमा जिप खस्यो, चालक बेपत्ता

  
कर्णाली टाइम्स मंगलबार, फागुन १३, २०७६

सुर्खेत । कालिकोटका रासकोट नगरपालिका देखि लालिघाटतर्फ आउँदै गरेको लु १ज ४१४१ नम्बरको बोलेरो नरहरीनाथ गाउँपालिकाको चिउरी सिमा नजिकै कर्णाली नदीमा दुर्घटना हुँदा गाडी चालक चक्रबहादुर खड्का बेपत्ता भएका छन् ।

प्रदेश प्रहरी कार्यालय सुर्खेतका सुचना अधिकारी लोकनाथ अधिकारीका अनुसार चालकको खोजी र नदीबाट जीप उत्तार्नका लागि प्रहरी घटनास्थलतर्फ गएको छ । यात्रु झारेर फर्किदै गर्दा गाडी दुर्घटना भएको हो । ‘थप बुझ्नका लागि जिल्लाको प्रहरी निरीक्षक सहितको टिम घटनास्थलमा पुगेको छ ।’ उनले भने ।