आइतवार, असार ३, २०८१

कर्णालीमा खसेको जीपका चालकको मृत्यु, जीप निकालियो (अपडेट)

  
कर्णाली टाइम्स मंगलबार, फागुन १३, २०७६


जगतदल जनाला वि.क
सुर्खेत ।
कर्णाली राजमार्ग अन्तर्गत कालिकोटको नरहरिनाथ गाउँपालिका–१ को जिते बजारबाट कर्णाली नदीमा खसेको जीपका चालक जीप नदीमा खस्दा चालक दैलेख गुराँसे गाउँपालिका–४ का १९ वर्षीय चक्रबहादुर खड्काको मृत्यु भएको । रासकोटबाट जितेगडा यात्रु लिएर आएको लु १ ज ४१४१ नम्बरको जीप फर्किने क्रममा कर्णाली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख श्यामबाबु ओलियाले जानकारी दिए ।
उनका अनुसार जीप नदिबाट निकालिएको छ । सवार यात्रु झारेर ब्याक गर्ने क्रममा दुर्घटना भएको जीपमा चालकमात्र रहेका थिए ।