आइतवार, जेष्ठ ६, २०८१

एक दिनमैं प्रदेश सरकारकोे विपद् कोषमा साढे पाँच लाख जम्मा

  
कर्णाली टाइम्स सोमवार, चैत्र १७, २०७६


सुर्खेत । कोरोना भाईरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि कर्णाली प्रदेश सरकारले स्थापना गरेको प्रदेश विपद् व्यवस्थापन कोषमा सोमबार साढे पाँच लाख रुपैंया जम्मा गरिएको छ । कुमारी बैंक सुर्खेत शाखामा कोषकोे खातामा विभिन्न संघ संस्थाहरूले सहयोग रकमको चेक जम्मा गरेका हुन् । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीलाई सहयोगीदाताहरुले हस्तान्तरण गरेका हुन् ।
सिद्धार्थ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सुर्खेतले २ लाख, नेपाल मगर संघ जिल्ला समन्वय समिति सुर्खेतले रू. २ लाख, सिद्वार्थ संचार सहकारी संस्था सुर्खेतले रू. ७५ हजार सहयोग गरेका छन् ।
त्यसैगरी लगनशील महिला लघु उद्यमी सहकारी संस्था लिमिटेड सुर्खेतले रू. ५० हजार र सिद्वार्थ नेशनल कोअपरेटिभ सेकेण्डरी स्कुलले रू २५ हजार रकम प्रदेश सरकारको विपद् कोषमा जम्मा गरेका हुन् । विश्वव्यापी रुपमा मानव जातिका विरुद्ध आईपरेको कोरोना संकट अन्त्य गर्न निजी क्षेत्रबाट भएको सहयोको योगदान प्रति मुख्यमन्त्री शाहीले धन्यवाद समेत व्यक्त गरेका छन् ।