जगतदल जनाला विक
सुर्खेत । कोरोना भाईरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि कर्णाली प्रदेश सरकारले र स्थानीय सरकारले आ–आफ्ना अभियानहरु अगाडी बढाएका छन् । प्रदेश सरकार र स्थानीय सरकारले यतिबेला विपद कोषको स्थापना गरि कोरोना विरुद्ध जुटेका छन् ।
प्रदेश तथा स्थानीय तहले क्वोनटाइन, आइसुलेसन स्थापना बनाउने र विदेशबाट आएका नागरिकहरुको तथ्याङ्क पनि संकलन गरेका छन् । कर्णाली प्रदेश सरकारले स्थापना गरेको ५० करोडको प्रदेश विपद् व्यवस्थापन कोषमा पनि दिनप्रतिदिन सहयोग जट्दै छ । प्रदेश सरकारको सहयोगमा र नेपाली सेनाले वीरेन्द्रनगरको खुलामञ्चमा चार सय बेडको क्वारेन्टाइनमा बाहिरबाट आएका नागरिकलाई राखिएको छ । यस्तै सिमा नाका र अन्य ठाउँमा अलपत्र परेका नागरिकलाई पनि उद्दार गरिरहेको छ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले कोरोना नियन्त्रणको एक मात्रै उपाय सतर्कता भएकोले आफ्नो सुरक्षाका लागि आफैंले ध्यानदिनुपर्ने बेला भएको बताएका छन् । कोरोना विरुद्ध कर्णाली प्रदेश सरकारले स्रोत साधनले भ्याएसम्म तयारी गरेको बताए । उनले केही अप्ठ्यारो, समस्या भए स्थानीय सरकार र प्रदेश सरकारको सम्पर्कमा आउन अनुरोध गर्दै यो विषम परिस्थितिमा कोही पनि नागरिकलाई रोग, भोक र शोक हुन नदिने प्रतिवद्धता पनि व्यक्त गरेका छन् । उनले आवश्यकता अनुसार यो परिस्थितिमा हेलिकप्टर पनि प्रयोग गर्न सकिने बताएका छन् ।
कर्णालीका निजी क्षेत्र र सामाजिक संघ संस्थासँग पनि प्रदेश सरकारले समन्वय गरेको सामाजिक विकास मन्त्री दल रावल बताउँछन् । कर्णालीमैं कोरोनाको परीक्षणका लागि केन्द्र सरकारको सहयोगमा ल्याव मंगलबार सुर्खेत ल्याईदै छ । सोमबार मास्क, पिपिआई, थर्मल गन लगायतका सामग्री ल्याएर सर्खेत स्वास्थ्य राज्यमन्त्री नवराज नै पुगेका थिए ।
२५ सय भन्दा बढी क्वारेन्टाइन
कर्णालीका १० जिल्लामा प्रदेश तथा स्थानीय तहहरुले मंगलबारसम्म २५ सय ३१ वटा क्वारेन्टाइनका बेड निर्माण गरेका छन् ।
कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयकी निर्देशक रिता भण्डारी जोशीका अनुसार दैलेखमा तीन सय २७, जाजरकोटमा ९०, सल्यानमा एक सय ८, रुकुममा ३६, डोल्पामा १२, हुम्लामा ६२, मसगुमा एक सय ३६, कालिकोटमा ६ सय ९, र सुर्खेतमा आठ सय ७१ वठा क्वारेन्टाइन बनेका छन् । जसमा दैलेखमा १४ जना, कालिकोटमा ४६ जना, जुम्लामा १९ जना, सुर्खेतमा एक सय ४६ जना र कुल दुइ सय ७२ जना क्वारेन्टाइनमा बसेका छन् ।
प्रदेश भरी तीन सय बढी आइसोलेसन तयार
कर्णाली प्रदेशमा हालसम्म तीन सय भन्दा बढी आइसोलेसन बेड तयार पारिएको छ । अहिलेसम्म कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा एक सय २० आइसोलेसन बेड तयारी अवस्थामा छन् ।
त्यस्तै प्रदेश अस्पताल सुर्खेतमा ५०, दैलेख जिल्ला अस्पतालमा ३०, सल्यानजिल्ला अस्पतालमा २२, रुकुम पश्चिममा पाँच, डोल्पामा आठ, हुम्लामा तीन, जाजरकोटमा ६, मुगुमा सात र कालीकोटमा सात बेडका आइसोलेसन कक्ष तयारी रहेको सामाजिक विकास मन्त्रीदल रावलको भनाई छ ।
स्थानीय तहपनि कोरोना नियन्त्रण केन्द्रीत
सुर्खेत लगायत कर्णालीका अन्य स्थानीय तह पनि यतिबेला कोरोना रोकथामका लागि चासो देखाएकाछन् । जनचेतनामुलक कार्यक्रम, स्वास्थ्यकर्मी र सुरक्षाकमीलाई प्रोत्सान भत्ता, हेल्थ डेक्स, क्वारेन्टाइन, आइसुलेसन र अन्य उपकरण समेत जुटाएका छन् ।
।
यस्तै भारत तथा अन्य देशबाट गाउँ फर्किएका नागरिकहरुकोे स्वास्थ्य जाँच र तथ्यांक संकलन कार्यमा पनि स्थानीय तह जुटेका छन् ।
आईसीयु र भेन्टिलेटरको अभाव
कर्णाली प्रदेशमाअहिलेसम्म एउटा पनि भेन्टिलेटर छैन । यस्तै आइसीयु पनि पर्याप्त छैनन् । गम्भिर अवस्थामा स्वास प्रस्वासका बिरामीका लागि आवश्यक पर्ने सबैभन्दा महत्वपुर्ण साधनकारुपमा भेन्टिलेटर नहुँदा कर्णालीमा अप्ठारो परेको छ । प्रदेश अस्पताल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई प्रदेश सरकारले दिएको एक÷एक करोड र चौरजहारी सामुदायिक अस्पताललाई ५० लाख बजेटले आईसीय, एनआइसीयू र भेन्टिलेटर लगायतकाअत्यावश्यक सामग्री खरिद गरिने सामाजिक विकास मन्त्री रावलले बताए