जगतदल जनाला विक
सुर्खेत । कर्णालीलाई चिनाउनका लागि कुडा कर्णालीका भन्ने मुल नारासहित सुरुवात भएको तीनदिने बौद्धिक बहस कर्णाली उत्सवको मंगलवार दास्रो दिन पनि विभिन्न सेसनहरुका साथ सञ्चालन गरिएको छ ।
कर्णाली क्यानाम घुमेर हेर्दा
कर्णाली किन घुम्ने? कर्णालीका पर्यटकीय गन्तव्यहरुको चर्चा, पर्यटन प्रवद्र्धनका नीतिगत व्यवस्था र वर्तमान अवस्था तथा अब गर्नुपर्ने कामबारे बहस गर्न ‘कर्णाली क्यानाम घुमेर हेर्दा’ मोहन मैनाली, अमर बहादुर शाही, अस्मिता थापा संग पत्रकार दामोदर न्यौपानेले बहस गरेका छन् ।
दबाई देउता भोक र भकारी
कर्णालीको स्वास्थ्य र खाद्यान्नलाइ समेटेर निर्माण गरिएको ‘दबाई र देउता भोक र भकारी’ सेसनमा लेखक तथा जनस्वास्थ्यविज्ञ डा.अरुणा उप्रेती, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका उपकुलपति प्रा. डा. राजेन्द्रराज वाग्ले तथा कृषिविज्ञ डा. कृष्णप्रसाद पौडेलबीच संग केशव ढकालले बहस गरेका छन् ।
रङ्ग
नेपाली रङ्ग दर्पणका विविध क्षेत्रमा माया थापा, मीन भाम, गणेश गौतम संग पत्रकार प्रकाश लामिछानेले बहस गरेका छन् ।
प्रश्न किन गर्ने ?
प्रश्न किन गर्ने ? भन्ने सेसनमा हरि शर्मा, शिव गाउँले, सरिता तिवारी संग पत्रकार दिलभुषण पाठकले बहस गरेका छन् ।
सिमान्त स्वर
मोहम्मद सिद्धिकी, दुर्गा शोब संग चन्द्रकिशोर झा ले बहस गरेका छन् ।
कर्णालीका कथा
कर्णालीका कथामा उषा हमाल, श्यामल र इन्दिरा शाह संग विमल आचार्यले बहस गरेका छन् ।
बुधवार (भोली)उत्सवको तेस्रो दिन पहिलो सेसनमा कहरी बन्ला कर्णाली ?, मुलमाण्ठ मुल कुडा, कर्णालीको ११ औं जिल्ला, कृषि पर्यटन र पानी पुर्वाधारमा लगानी, कालापहाडका तोडा, डिजिटल कर्णाली लगायतका सेसनहरु राखिने आयोजकले जनाएको छ ।