शनिबार, भदौ २९, २०८१

छेडागाडको सातौं नगरसभा सम्पन्न

  
कर्णाली टाइम्स शुक्रबार, फागुन ३०, २०७६

जाजरकोट । फागुन २८ गते देखि सुरु भएको छेडागाड नगरपालिका जाजरकोटको सातौं नगरसभा २९ गते बिहिवार सम्पन्न भएको छ । नगरसभाले स्वास्थ्य तथा सरसफाई सम्बन्धी व्यवस्था गर्न बनेको ऐन२०७६, वातावरण तथा प्राकृतिक स्रोत संरक्षण तथा व्यवस्थापन गर्न बनेको ऐन २०७६, कर्मचारी प्रोत्साहन गर्न बनेको ऐन , २०७६ र कृषि सम्बन्धि व्यवस्था गर्न बनेको ऐन , २०७६ गरि चारवटा नयाँ ऐन ऐन पारित गरेको । न्यायिक समिति उजुरी तथा कारबाही किनारा गर्न बनेको ऐन , २०७६ (पहिलो संशोधन) र प्रशासकीय कार्यविधि (नियमित गर्न) व्यवस्था गर्न बनेको ऐन (पहिलो संशोधन) गरि दुइवटा ऐनलाई संशोधनसहित पारित गरेको छ ।
छेडागाड नगरपालिकाको नगरकार्यपालिका बैठकले लैंगिक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धी नीति २०७६ , बाल संवेदनशिल अभिभावक कक्षा संचालन कार्यविधि २०७६ र स्थानिय परियोजना सल्लाहकार समिति संचालन कार्यविधि २०७६ जस्ता महत्वपुर्ण नीति तथा कार्यविधि पारित गरेको छ । ‘महत्वपुर्ण विधेयकका साथमा हामीले सातौं नगरसभा सम्पन्न गरेका छौ,’ नगर प्रमुख लालबहादुर महताराले भने, ‘त्यो संगै नगरपालकाका विभिन्न विषय र क्षेत्रसंग सम्बन्धीत निर्णयहरु पनि गरेका छौं ।’
नगरप्रमुख महताराले विधेयकहरु बनेपछि नगरपालिकाको स्वास्थ्य, कृषि, वातावरण तथा प्राकृतिक स्रोत साधनको संरक्षण, न्यायिक समितिमा पर्ने उजुरी उपर कार्बाही लगायतका क्षेत्रमा कामहरु प्रभावकारी ढंगबाट सञ्चालन हुने आशा व्यक्त गरे ।