सोमवार, जेष्ठ १४, २०८१

डोल्पामा बनाउँदै गरेको घर भत्किँदा दुई बालिकाको मृत्य

  
कर्णाली टाइम्स शनिबार, चैत्र १, २०७६

 

जगतदल जनाला विक
सुर्खेत । डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिका–४ स्थित रंग गाउँमा निर्माणाधीन घर भत्किएपछि दुई बालिकाको मृत्यु भएको छ । वर्षाका कारण निर्माणधीन घर भत्किँदा जमती बुढाकी दुई छोरीको मृत्यु भएको हो । घर भत्किँदा १२ वर्षीया मञ्जु बुढा र २ वर्षीया लक्ष्मी बुढाको च्याप्पिएर मृत्यु भएको छ । घर भत्किँदासँगै सुतिरहेकी ती बालिकाकी ३५ वर्षीया आमा जमती बुढा भने घाइते भएकी थिइन् । उनको स्थानीय मेडिकलमा उपचारपछि घर फर्किएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ ।
स्थानीय वीरबहादुर बुढाका अनुसार शुक्रबार राति परेको वर्षाका कारण घर भत्केको हो ।
बाबु बमबहादुर बुढा र छोरा उपेन्द्र बुढा भने सकुशल रहेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।