शुक्रबार, असोज १८, २०८१

वातावरण सहकारीले दियो, शैक्षिक सामाग्री

  
कर्णाली टाइम्स आइतवार, चैत्र २, २०७६

सुर्खेत ।वातावरण सुधार बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर ८ सुर्खेतले १७ औं स्थापना दिवसको अवसरमा शैक्षिक सामाग्री सहयोग गरेको छ । सुर्खेतको राकममा रहेको बागेश्वरी माध्यमिक विद्यालयमा अध्ययनरत २१ जना अपाङ्गता भएका विद्यार्थीहरुलाई आईतवार एक कार्यक्रमका बिच विद्यालय पोशाक तथा शैक्षिक सामाग्रीहरु सहयोग गरिएको हो ।
समुदायप्रतिको चासो संस्थाको एक महत्वपूर्ण सिद्धान्त भित्र पर्ने बताउँदै संस्थाले विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई पोशाक, र शैक्षिक सामाग्रीहरु प्रदान गरिएको संस्थाका अध्यक्ष चन्द्रलाल आचार्यले बताए ।
कार्यक्रममा बोल्दै सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्रकुमार केसीले राज्यको पहुँच नपुगेका दुर्गम क्षेत्रहरुमा आर्थिक लगायतका सामाजिक कामहरु गर्दै आएकोे वातावरण सहकारीले समाजिक कार्यमा महत्वपुर्ण भुमिका खेलेको बताए ।
संस्थाका अध्यक्ष चन्द्रलाल आचार्यको अध्यक्षतामा सम्पन्न गरिएको कार्यक्रममा सिम्ता गाउँपालिका वडा –६ का वडाअध्यक्ष राजेन्द्र सिंह, बागेश्वर माविका प्रधानाध्यापक कौशिल्यादेवी सिंह, स्थानीय समाजसेवी पृथ्वीबहादुर सापकोटा, पुष्पा उपाध्याय लगायतले वातावरण सहकारीहरुले जस्तै अन्य सहकारीहरुले पनि सामाजिक क्षेत्रमा लगानी गर्नुपर्ने बताएका थिए ।