शुक्रबार, फागुन ११, २०८०

वडा सदस्य नै उपभोक्ता समितिको अध्यक्ष

  
कर्णाली टाइम्स सोमवार, चैत्र ३, २०७६

सुर्खेत । सिम्ता गाउँपालिका वडा नम्बर ५ का वडा सदस्य मोहन कुमार चन्दले २० लाख २३ हजार रुपैयाँको घलेना पम्पिङ खानेपानी योजनाका समिति अध्यक्ष बनेका छन् । भौतिक पुर्वाधार विकास मन्त्रालय अन्तरगतको खानेपानी , सिंचाई तथा उर्जा विकास कार्यालय कर्णालीमा सम्झौता गरेका छन् । चन्दको अध्यक्षतामा उपाध्यक्ष मनिषा खत्री, सचिव शिवलाल शर्मा, कोषाध्यक्ष खड्क पोखरेल रहेका छन् । उपभोक्ता समिति गठन, परिचालन तथा व्यवस्था सम्बन्धी कार्यविधि २०७४ मा जनप्रतिनिधि, राजनीतिक दलका पदाधिकारी, बहालवाला सरकारी कर्मचारी, र शिक्षक उपभोक्ता समितिमा बस्न नपाइने प्रावधान छ ।