बुधबार, फागुन ९, २०८०

मध्यपश्चिमाञ्चल विश्वविद्यालय एक महिनाका लागि बन्द

  
कर्णाली टाइम्स बिहीबार, चैत्र ६, २०७६


सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतले एक महिनाका लागि पठनपाठन बन्द गर्ने निर्णय गरेको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसलाई मध्यनजर गर्दै सरकारले बुधबार गरेको निर्णयअनुसार विश्वविद्यालय अन्तर्गतका सबै क्याम्पसको पठनपाठन बन्द गर्ने निर्णय गरिएको विश्वविद्यालयले बताएको छ ।
विहीबारदेखिनै लागू हुने गरी चैत मसान्तसम्म सबै क्याम्पसको पठनपाठन बन्न हुने विश्वविद्यालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
बुधबार मात्रै (कोभिड१९) संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले कोरोनाबाट सतर्क रहन सबै शैक्षिक संस्थाको पठनपाठन बन्द गर्ने निर्णय गरेको थियो ।