शुक्रबार, असोज २५, २०८१

एशियन लाईफ इन्स्योरेन्सद्धारा मृत्यूदाबी चेक हस्तान्तरण

  
कर्णाली टाइम्स बिहीबार, चैत्र ६, २०७६


सुर्खेत । सामाजिक सुरक्षा र बचतको लागि बीमा गरौं भन्ने उद्देश्यका साथ संचालन भएको एशियन लाईफ ईन्स्योरेन्स प्रस्तावित शाखा दैलेखले बीमा रकमको चेक हस्तान्तरण गरेको छ । भैरवी गाउँपनलिका ४ सिलंगीका मृतक स्वर्गिय कर्णबहादुर थापाको परिवारलाई बीमा रकम हस्तान्तरण गरिएको हो । थापाले एशियन लाईफ ईन्स्योरेन्समा १५÷१५ बर्षिय एशियन सार्वधिक र बाल भविष्य जीवन बीमा योजना अन्तर्गत रु ५७ हजार र रु ६० हजारको दुईवटा बीमा गरेका थिए । उनको २०७६ साल माघ ६ गतेका दिन निधन भएपछि प्रस्तावित शाखा दैलेखले भैरवी गाउपालीका ४ मा एक कार्यक्रमका बिच बिहिबार ९० हजार ५ सय चौरानब्बे रुपैयाँको चेक उनकी श्रीमती सरिता थापालाई हस्तान्तरण गरिएको एशियन लाईफ ईन्स्योरेन्स दैलेखका बिजनेश म्यानेजर ईश्वर प्रसाद आचार्यले जानकारी दिए । थापाले ३ किस्ता वापत ११ हजार ८ सय ८३ रुपैया कम्पनीमा बुझाएका थिए । कार्यक्रमका प्रमुख अतिथी एवंम् भैरवी गाउपालीका अध्यक्ष प्रेमबहादुर बुढाले जीवन बीमाको भविष्य उज्जवल भएको कुरामा जोड दिदै आफ्नो गाउपालीकाले पनि गाउपालीका भित्र रहेका कर्मचारीहरुको जीवन बीमा गराउने, अनिवार्य गर्नुका साथै आफ्नो पालीकाभरी बीमा योजना शुरु गर्ने बताए । उनले सबै जना लागेर बीमा सम्बन्धि चेतना फैलाउन अनिवार्य रहेको हुँदा चेतना अभिबृद्धि गराउने प्रती आफूले ब्यापक छलफल गरी नागरिकलाई सु–सुचित गर्ने कार्यमा सबैको सहयोगको अपेक्षा गरे ।

कार्यक्रमका सभापती एवंम् भैरवी गाउपालीका वडा नं।४का वडा अध्यक्ष वीरेन्द्रबहादुर शाहीले मृतकको परिवारलाई घर आगनमा नै आएर बीमा रकम वापतको चेक हस्तान्तरण गरी उदाहरणिय कार्य गरेको प्रति खुशि व्यक्त गर्दे, सार्वजनिक रुपमा नै मृतकका परिवारलाई क्षतिपूर्ति वापतको चेक हस्तान्तरण गर्दा सार्वजनिक विश्वास बढ्ने कुरामा समेत जोड दिए ।

यसै गरी कार्यक्रमका अथिति एवंम् एशियन लाईफ इन्स्योरेन्स कम्पनीका प्रस्तावित शाखा प्रमुख मिलन श्रेष्ठले, जीवन वीमाको महत्वको बारेमा जानकारी गराउदै हाल सम्म पनि मानिसहरुले जीवन बीमाको बारेमा राम्रो संग जानकारी नपाएको औल्याए । उनले मानिसहरुले जीवन बीमाको बारेमा राम्रो संग जानकारी पाएको भए बैशाख १२ गते गएको बिनाशकारी महाभुकम्पमा परि करिब ९ हजारले ज्यान गुमाएता पनि नेपालमा रहेको सबै बिमा कम्पनीहरुले ३०० जनाको मृत्यु दाबी भुक्तानी मात्र वितरण गरेका थिए भने जस अन्तर्गत एशियन लाईफ इन्स्योरेन्स कम्पनिले ६५ जना मृतकहरुको परिवारलाई मृत्यु रकम भुक्तानि गरेको बताए ।
भैरवी गाउपालीका ४ का वडा अध्यक्ष वीरेन्द्रबहादुर शाहीको सभापतित्वमा सम्पन्न कार्यक्रमम स्थानीय समाजसेवी, शाखाका एजेन्सी म्यानेजरहरुको उपस्थित रहेको थियो भने कार्यक्रमको सहजीकरण ढुल्लु मार्किटिंग दिपकबहादुर कार्किले गरेका थिए ।