जगतदल जनाला विक
सुर्खेत,६ चैत । सरकारले २५ जनाभन्दा बढी सामूहिकरुपमा भेलामा प्रतिबन्ध लगाए पनि यातायात व्यवस्था कार्यालय कर्णाली प्रदेश सुर्खेतले त्यसको उलङ्घन गरेको पाइएको छ ।
कोरोना भाईरस (कोभिड१९) को सम्भावित संक्रमण र जोखिमलाई मध्यनजर गर्दै सरकारले हिजो १५ बुँदे नीति सार्वजनिक गरी २५ जनाभन्दा बढी जम्मा हुने कार्यक्रममा प्रतिबन्ध लगाए पनि यातायात व्यवस्था कार्यालय सुर्खेतले भने बिहीबार २ सय २० जनालाई सहभागी गराई नियमित सवारी साधनको लिखित परीक्षा सञ्चालन गरेको हो । यातायात व्यवस्था कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख आनन्द चपांईले परीक्षा नगर्नु भनेर कुनैपनि मन्त्रालय तथा अन्य निकायबाट नीतिगतरुपमा निर्णय र जानकारी नआएकोले परीक्षा सन्चालन गरेको बताए । ‘हामीलाई यातायात व्यवस्था कार्यालयबाट त्यस्तो कुनै पनि निर्देन नआएपछि हामीले परीक्षा सञ्चालन गरेका हौं,’ निमित्त प्रमुख चपाईले भने, ‘अबदेखि हुने परीक्षा तथा अन्य कार्यक्रममा निर्देशन अनुसार पालना गर्नेछौं ।’
उनका अनुसार परीक्षा फाराम भरेका २ सय ३२ जना मध्ये १२ जना मात्र अनुउपस्थित भएको २ सय २० जनाले प्रशिक्षार्थीहरुले सहभागी भएर परीक्षा दिएका छन् ।
सरकारले गरेको निर्णय पछि एसईर्ई परीक्षा स्थगित गरिएका छन भने सिनेमा हल, डान्सबार, क्लब, बैठक, गोष्ठी र खेलकुदका सबै कार्यक्रम बन्द र स्थगित भइरहेको बेला यातायात कार्यालयले लिएको परीक्षाले सरकारले गरेको निर्णय अस्वीकार गरेको व्यवहार देखिएको छ ।
कर्णाली टाइम्स
बिहीबार, चैत्र ६, २०७६