शुक्रबार, असोज १८, २०८१

घरबाट सुरु भएको महिला हिंसा घरबाटै न्यूनिकरण गर्नुपर्छ ?

  
कर्णाली टाइम्स शनिबार, चैत्र ८, २०७६


प्रेम बहादुर दर्जी
मार्च ८ लाई अन्र्तराष्ट्रिय श्रमिक महिला दिवसको रुपमा मनाउदै आएको तथ्य हामीहरुलाई थाहा नै छ । भर्खरै पनि नेपाल लगायत अन्य मुलुकमा सरकारी तथा गैरसरकारी संघ संस्थाहरुले विभिन्न कार्यक्रमका साथ भव्यरुपमा नारी दिवस मनाएका समाचार र फोटोहरु संचार माध्यमबाट दिखिएका थिए । महिला सशक्तिकरण, समानता र न्यायका लागि विगत देखिनै विभिन्न क्षेत्रमा सरकारी तथा गैरसरकारी संघ संस्थाहरुले आफ्ना कार्यक्रमहरु करोडांैको बजेटमा संचालन गदै आएका छन, यो समाजमा बिकासका लागी एक सकरात्मक कुरा हो । तर दुःखको कुरा के छ भने, जति धेरै महिला अधिकार र सशक्तिकरणका सम्बन्धमा जनचेतनामुलक कार्यक्रहरु सञ्चालन भईरहेका छन । तर त्यतिनै मात्रामा दिनहुँ जबरजस्तीकरणी, हत्या, हिंसा जस्ता विकृतिहरु पनि बढिरहेका छन् । यो समस्या हामी सबैको हो र यसको समाधानका उपायहरुको खोजी गर्ने दायित्व पनि हामी सबैको हो । महिलारुको हक र हितको संरक्षण तथा प्रवद्र्वनका लागि कानुन बनाएका छन । तिनको कार्यान्वयन नहुँदा महिला माथि विभिन्न किसिमका अमानविय व्यवहार हुन्छन् । गल्ती गर्दा सजाय भोग्नु पर्ने कानुनी डरको जब सम्म मानिसमा चेतना हुँदैन तब सम्म महिलाहरुले सदैव यस्ता हिंसा खेपि रहनेछिन् । हामी मानव भइसकेपछि समाजिक, मानविय र नैतिकरुपमा नै हामिले महिलालाई सम्मान गर्नु पर्छ । नारी स्वभावैले सबैको माता, बहिनी, दिदी, भाउजु, फुपु हुन । सर्वसाधारण व्यक्ति हुन या यो मुलुक हाँक्ने भीआईपीहरु हुन् उनीहरुलाई जन्म दिने महिला जाती आमा नै हुन् । यहाँ महिला अधिकार र कानुनका बिषयहरु लाई व्याख्या गर्न त सबैले जानेका छन् । तर त्यसको पालना र मान्यता नराख्दा समस्या भएको छ । नैतिकताका अगाडी जति कडा कानुन ल्याएपनि केहि गर्न सकिदैन । त्यस माथि पनि हाम्रो नेपाली समाज कानुन भन्दापनि सामाजिक मुल्य, मान्यता र परम्पराले अगाडी बढेको देश । महिला माथि हुने सबै घटना कानुन नबुझेकै र अशिक्ष्ाित कारण नभएका उदाहरण पनि छन् । त्यसैले महिला शसक्तिकरण र महिला सम्बन्धी हुने सबै किसिमका भेदभाव न्यूनिकरण र रोकथामका लागि खुल्ला मञ्च तथा महंगा होटेलमा कार्यक्रम गरेर मात्र हुँदैन यसका लागि व्यक्ति स्वयंम र घरबाट सुरुवात गर्न आवश्यक छ । एउटा नारीमाथि नकरात्मक हिसाबले हेर्दा एकपटक आ¥नो घरतिर पनि फर्केर सम्झन जरुरी छ । त्यस्तै एउटा असल सासुले पनि आफ्नो बुहारीलाई छोरी जस्तै व्यवहार गरेपछि र सबैको मान्यता सबैले राखेपछि महिला माथि हुने हिंसालाई अन्त्य गर्न सकिन्छ । एक व्यक्ति र एक घरले मात्र यस्ता कुराहरुलाई कार्यान्वयन गर्दा समस्याको समाधान हुन सक्दैन । सबैले सबैको ठाउँबाट सकरात्मक सोचको विकास गरेपछि मात्र महिला हिंसाको न्यूनिकरण सम्भव छ ।
[लेखक मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा स्टुडेन्ट अफ ल एन्ड अन्तराष्ट्रिय सम्बन्ध अध्यनरत विद्यार्थी हुन् ।]