जगतदल जनाला विक
सुर्खेत । चौकुने गाउँपालिकाका अध्यक्ष धिर बहादर शाही कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बच्न माइकिङ गरेर घर–घरमा पुग्ने गरेका छन् ।
उनले कोरोनाबाट बच्नका लागि साबानी अपनाउँदै बाहिरबाट आएका नागरिकलाई क्वारेनटाइनमा बस्न अनुरोध गर्दै माकिङ गर्ने गरेका छन् ।
भारत लगायत अन्य मुलुकबाट आएका नागरिकसँग पनि गाउँपालिकाले भेटेर सुरक्षाका लागि सल्लाह तथा सुझावसमेत दिएका छन् । अध्यक्ष शाहीका अनुसार भारत र अन्य मुलुकबाट आएकाको तथ्याङ्क संकलन गरि सुरक्षित क्वारेन्टाइनमा बस्न सुझाव दिइएको छ । गाउँपालिकामा बाहिरबाट आएका नागरिकलाई सहजिरकण र कोरोना सम्बन्धी सचेतनाका लागि प्रत्येक वडामा स्वयंमसेवक समेत राखिएका छन् ।
भारत र अन्य देशबाट आएका नागरिकहरुलाई गाउँपालिकामा क्वारेन्टाइन स्थापना गरिएको छ । चौकुने गाउँपालिकाले सञ्चालनमा ल्याएको क्वारेन्टाइनमा लागि प्रदेश सरकारले आवश्यक खाद्यान्न, सुरक्षा र भौतिक पूर्वाधारको व्यवस्था गरेको छ ।
गाउँपालिकाले जीवनज्योति माविको भवनमा ६० जनालाई अट्ने क्वारेन्टाइन बनाएको छ । अहिले ६० भएपनि पछि आवश्यकता अनुसार सार्वजनिक भवनहरुलाई प्रयोग गर्न सकिने गाउँपालिकाका अध्यक्ष शाहीले बताए ।
भिडिओ हेर्न यहाँ क्लिक गर्नुहोला ।