शुक्रबार, फागुन ११, २०८०

सुर्खेतका सबै स्थानीय तहले गरे विपद् कोषको स्थापना

  
कर्णाली टाइम्स शनिबार, चैत्र २२, २०७६

जगतदल जनाला विक
सुर्खेत । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस(कोभिड–१९) बिरुद्ध सुर्खेतका स्थानीय तहले विपद कोषको स्थापना गरेका छन् । सुर्खेतको भेरीगंगा नगरपालिकाले कोरोना संक्रमणबाट नगरबासीलाई सुरक्षित राख्न र दैनिक गुजारा चलाउने समुदायलाई खाद्यान्न सहयोग गर्नका लागि एक करोड एक लाख रुपैयाँको विपद् व्यवस्थापन कोष स्थापना गरेको छ ।
नगरपालिकाले चालू आर्थिक वर्षका लागि छुट्याइएको विभिन्न शिर्षकको बजेटबाट उक्त कोष निर्माण गरेको हो। नगर क्षेत्रभित्रका महिलाहरुलाई स्वरोजगार बनाउनका लागि सुरु गरिएको उपप्रमुख स्वरोजगार कोष, सर्पदंशका विरामीहरुको उपचारका लागि छुट्याइएको रकम, प्रवद्र्धनात्मक र भैपरी आउने खर्च शिर्षकबाट एक करोड एक लाख रुपैयाँ छुट्याएर कोष निर्माण गरिएको मेयर भुपेन्द्र चन्दले जानकारी दिए।
चौकुने गाउँपालिका र बराहताल गाउँपालिकाले १०–१० लाखकोे विपद् कोष स्थापना गरेका छन् । पञ्चपुरी नगरपालिकाले ६५ लाखको विपद कोष स्थापना गरेको पञ्चपुरी नगरपालिकाका सुचना अधिकारी चुडामणि कँडेलले जानकारी दिए ।
लेकवेशी नगरपालिकाले १६ लाख, सिम्ता गाउँपालिकाले ५० लाखको
र वीरेन्द्रनगरनगरपालिकाले ८० लाख बराबरको विपद् कोष स्थापना गरेका छन् । यस्तै गुर्भाकोट नगरपालिकाले ९३ लाख ९० हजारको विपद कोष स्थापना गरि कोरोना विरुद्धका कार्यक्रमहरु ल्याइएको उपप्रमुख मैना विकले बताइन् । यस्तै चिङ्गाड गाउँपालिकाले १७ लाखको विपद् कोषको सपना गरेको छ ।