जगतदल जनाला विक
सुर्खेत । चौकुने गाउपालिका – ३ बेतान स्थित शोभानचौर सामुदायिक वनले उपभोक्ता समुहले कैलाी र अन्य ठाउँबाट आएका मानिसहरुको आवतजावत हुन नदिन स्वयंमसेवक खटाएको छ । वनले कोरोनाबाट बच्नका लागि छिमेकी जिल्लाबाट मानिसहरु आउन नदिन ६ जना स्वयंसेवक परिचालन गरेको हो । आइतबार चौकुने गाउँपालिकाले गाउँपालिकाका समानामा कैलाली, अछाम र डोटीसँग जोडिएका झोलुङ्गे पुल, फेरि र डुङ्गा बन्दा गरि आवतजावतमा रोक लगाएको थियो । सामुदायिक वनले स्वयंसेवकलाई पारिश्रमिक दिएरै राखेको शोभानचौर सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष केशर नाम्जालीले जानकारी दिए ।
सदुरपश्चिमको कैलालीको मौहन्याल गाउपालिकासंग सिमा जोडिएको शोभानचौरमा रहेको झोलुङ्गे पुल बन्द गरिएपनि लुकुछिपि डुङ्गा चलाएर वापार गर्ने १५ वटा डुङ्गा कब्जा गरेको नाम्जालीले बताए ।सामुदायिक वनले कोरोनाबाट बच्नका लागि आफ्ना ११५ घरधुरीलाई साबुन वितरण गरिसकेको समुहका कोषाध्यक्ष निरक बहादुर राना मगरले बताए । रानाका अनुसार ६ जना स्वयंसेवकहरुले सिमा नाकामा रातदिन निगरानी गर्नेछन् ।
कर्णाली टाइम्स
सोमवार, चैत्र २४, २०७६