शुक्रबार, असोज १८, २०८१

पत्रकार माथि गरेको र्दुव्यवहार प्रति महासंघको ध्यानाकर्षण

  
कर्णाली टाइम्स सोमवार, चैत्र २४, २०७६


सुर्खेत । सुर्खेतमा एकैदिन दुईजना पत्रकार माथि र्दुव्यवहार भएको घटनाप्रती पत्रकार महासंघ सुर्खेतले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
महासंघले सोमबार विज्ञप्ति जारीगर्दै यसरी समाचार संकलनको क्रममा रहेका पत्रकार माथि भएको घटनाप्रति निन्दा र भत्सर्ना गरेको छ।
महासंघले नागरिक दैनिक कर्णालीका प्रमुख नगेन्द्र उपाध्याय र जागरण एफएम सुर्खेतमा पत्रकार नन्द कठायत माथी भएको र्दुव्यवहारको भत्सना गरेको हो।
कोरोना भाइरसको महामारीको समयमा सरकारले गरेको लकडाउनको उल्लघन जिम्मेवार निकायबाटै भएको भन्दै सोध्पुछगर्दा प्रदेशसभा सदस्य दानसिंह परियारले पत्रकार उपाध्यायलार्ई दुर्व्यवहार गरेका महासंघले जनाएको छ।
लकडाउनको समयमा सरकारी सवारी साधनको दुरपययोग गरेको बिषमा प्रतिकृया लिन खोज्दा सदस्य परियारले अस्लिल शब्द प्रयोग गर्दै धम्क्याएका हुन् ।
पत्रकारलाई स्वतन्त्रतापूर्वक समाचार संकलन र समाचार सम्प्रेषणको अधिकार हुदाँहुदै पनि जिम्मेवार निकायबाटै दुर्व्यवहार हुन प्रेसमाथी ठाडो हस्तक्षेप भएको माहासंका सचिव पुरीको भनाइ छ।
यसैबिच अर्का पत्रकार कठायतलाई समाचार प्रशारणको लागी कार्यालय जादैगर्दा प्रहरीले हातपात गरेको जनाइएको छ।
यो संकटको घडीमा जोखिम मोलेर नागरिकलाई सुचना प्रवाहका लागी खटिएका पत्रकारमाथी र्दुव्यवहार हुनु दुखद भएको सचिव पुरीले हस्ताक्षर गरेको विज्ञप्तिमा छ।
महासंघले पत्रकारमाथी र्दुव्यवहार गर्ने व्यक्तिलाई तत्काल कारवाही गर्न प्रशासनसँग जोडदार माग गरेको छ ।