बिहीबार, फागुन १०, २०८०

कोरोना विरूद्धको अभियानमा एकजुट हुन नगरप्रमुख सुबेदीको अपिल

  
कर्णाली टाइम्स सोमवार, चैत्र २४, २०७६


सुर्खेत ।
विश्वभरी महमारीको रुपमा फैलिएको कोरोना भाइरसको सम्भावित संक्रमणबाट बच्न वीरेन्द्रनगर नगरपालकाका प्रमुख देबकुमार सुवेदीले सम्यम्ताका साथ कोरोना विरूद्धको अभियानमा एकजुट हुन नगरप्रमुख सुबेदीले अपिल गरेका छन् । कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगरलाई कोरोनाबाट बच्न कुनै कसर बाँकी नराख्ने नगरप्रमुख सुवेदीले बताएका छन् । उनले या विषम परिस्थितिमा सबै पक्षसँग समन्वय गर्दै आफ्ना विभिन्न निर्णय तथा गतिविधिहरू सन्चालन गरिरहेको पनि आफ्नो फेसबुक मार्फत स्मरण गराएका छन् । नगरप्रमुख सुवेदीले यस सम्वेदनशिल घडीमा नगरवासीले पुन एकपटक सम्यम्ताका साथ कोरोना विरूद्धको अभियानमा एकजुट भइ लाग्न अनुरोध गरेका छन् । यस्तो छ नगरप्रमुख सुवेदीको अपिल

अपिल
आदरणीय नगरवासी दाजुभाइ दिदीबहिनीहरु ।
विश्वभरी महमारीको रुपमा फैलिएको कोरोाना भाइरसको सम्भावित संक्रमणबाट नगरबासीलाइ जोगाउन वीरेन्द्रनगर नगरपालिकाले कुनै कसर बाँकी नराखी सबै पक्षसँग समन्वय गर्दै आफ्ना विभिन्न निर्णय तथा गतिविधिहरू सन्चालन गरिरहेको कुरा सबैलाई अवगत नै छ। यस सम्वेदनशिल घडीमा नगरवासीले पुन एकपटक सम्यम्ताका साथ कोरोना विरूद्धको अभियानमा एकजुट भइ लाग्न अनुरोध गर्दछु ।
संकटको घडीमा नगरवासीसँग प्रत्यक्ष रूपमा सहभागी हुन नसकेपनि नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी एवं सुरक्षा निकायसँग सम्पर्क समन्वयमा रहेको व्यहोरा जानकारी गराउदै सबै क्षेत्रबाट कोरोना विरुद्धको अभियानमा सहयोगको अपेक्षा गर्दछु । यस संक्रमणलाइ रोक्नका लागि सामाजिक दुरी कायम गरि सरसफाइ सहित घरमा बस्नु नै उत्तम विकल्प हो । नेपाल सरकारद्धारा लागू गरिएको लकडाउनलाई सबैले पालना गरौं । यो अभियानलाइ साथ एवं सहयोग दिनुहुने आम नगरवासी आमाबुवा, दाजुभाइ, दिदीबहिनीहरूलाइ हार्दिक आभार व्यक्त गर्न चाहन्छु । संकटको यस घडीमा अहोरात्र खटिइरहनु भएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि, कर्मचारी, सन्चारकर्मी एव्ं निजी तथा सामुदायिक क्षेत्रको सहयोग र सहकार्य प्रति उच्च सम्मान प्रकट गर्दै यस विषम परिस्थितिमा आफु नगरवासीसँग प्रत्यक्ष सहभागी हुन नसकेपनि मानसिक रूपमा एवं प्रविधिको हिसाबले सँगै रहिरहेको व्यहोरा जानकारी गराउन चाहन्छु । हाल विशेष परिस्थितिका कारण पारिवारिक उपचारका लागि दिल्लीमा रहेको जानकारी गराउन पनि चाहन्छु । अन्त्यमा यस महामारी विरुद्धको अभियानमा सबै पक्षको एकतावद्ध प्रयास एवं सहयोगको अपेक्षा गर्दछु ।
धन्यवाद ।।
देवकुमार सुवेदी ,
नगर प्रमुख, वीरेन्द्रनगर नगरपालिका सुर्खेत