शुक्रबार, फागुन १८, २०८०

सुर्खेत प्रहरी द्धारा लागु औषध नष्ट

  
कर्णाली टाइम्स बुधबार, चैत्र २६, २०७६

जगतदल जनाला विक
सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेत द्धारा विभिन्न समयमा बरामद गरिएका लागु औषध चरेश र ब्राउन सुगर नष्ट गरिएको छ । बुधबार सुरक्षाकर्मी, सञ्चारकर्मी र अन्य नागरिकको रोहवरमा लागु औषध नष्ट गरिएको हो ।
२०७६ चैत ८ गते वीरेन्द्रनगर–११ धुलियाबिटका यामलाल ढकाल बाट १७ ग्राम ९०० मिलिग्राम र सोही मितिमा वीरेन्द्रनगरकै–१० दुबिचौरकी सरादेबी थापा बाट दुई किलो ३७२ ग्राम चरेश पक्राउ गरिएको थियो ।
यस्तै वीरेन्द्रनगर–९ की सारदा महत बाट १७ ग्राम १० मिलिग्राम ब्राउनसुगर र नगद एक लाख बाह्र हजार नौं सय पैतालीस बरामद गरि महतका श्रीमान मिलन लामालाई समेत पक्राउ गरि चारै जनालाई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सुचना अधिकारी गोपाल रायमाझीले जानकारी दिए ।