शुक्रबार, माघ २५, २०८१

कर्णालीमा १०४ जनाकै रिपोर्ट ‘नेगेटिभ’५०१ जनाको रिपोर्ट आउन बाँकी

  
कर्णाली टाइम्स बिहीबार, चैत्र २७, २०७६

सुर्खेत । कर्णाली प्रदेशबाट एक सय चार जनाको कोरोना परीक्षण गर्दा सबैको पिोर्ट नेगेटिभ देखिएको छ । सुर्खेत र काठमाडौंमा गरेर हालसम्म एक सय चार जनामा कोरोना परीक्षण गरिएको छ ।
प्रदेश अस्पताल सुर्खेतमा बिहीबारसम्म ८५ जनाको नमूना परीक्षण गरिएको छ । त्यसअघि ३१ जनाको भने काठमाडौंबाट परीक्षण गरिएको थियो । तर परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक रिता भण्डारीले जानकारी दिइन् ।

परीक्षणका लागि काठमाडौं पठाउनुपर्ने बाध्यता
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा कोरोना भाइरस परीक्षण प्रयोगशाला स्थापना भएको बिहीबार सात दिन पुग्दा समेत ८५ जनाको मात्र कोरोना जाँच गरिएको छ ।
सुर्खेतमा कारोानाको स्वाब परीक्षण गर्ने आरटी–पीसीआर (रियल टाइम (पोलिमरेज चेन रियाक्सन) मेसिनको क्षमता निकै न्यून रहेकोले दैनिक बढीमा १५ वटामात्रै परीक्षण गर्न मिल्ने हुँदा समस्या भएको निर्देशक भण्डारीको भनाई छ ।
त्यसैले कर्णालीको प्रयोगशालाले नधानेपछि कोरोनाको परीक्षणका लागि मंगलबार पाँच सय एक जनाको स्वाब काठमाडौं पठाइएको छ । जसमा जुम्लाबाट सबैभन्दा बढी ३२४, सुर्खेतबाट १६२, दैलेखबाट १० र कालिकोटबाट ५ स्वाव काठमाडौं पठाइएको कर्णाली प्रदेश अस्पतालका फिजिसियन डाक्टर तथा कोरोनाका फोकल प्रशन केएन पौडेलले जानकारी दिए ।

कर्णालीमा तेस्रो मुकुक र भारतबाट गरी ८ हजारभन्दा बढी नागरिक गाउँ फर्किएका छन् । यति धेरैको परीक्षण गर्न कर्णालीको मेसिनले धान्न नसक्ने भएपछि काठमाण्डौमा पठाउनुपर्ने बाध्यता छ ।
परीक्षणका लागि काठमाण्डौ पठाउनपर्ने बाध्यतालाई अन्त्य गर्न कर्णाली प्रदेश सरकारले केन्द्र सरकारसँग घुम्ती प्रयोगशाला राख्न माग गरेको छ ।

भण्डारीका अनुसार जुम्लाका तीनसय २४, सुर्खेतका एकसय ६२, दैलेखको १० र कालिकोटबाट पाँच जनाको नमूना संकलन गरेर काठमाडौं पठाइएको हो ।