गोरख शाही
हरेक चिजको आधार तत्व हुन्छ । आधार तत्वहरुको विशेष गठजोडबाट नै ब्रह्माण्डका बस्तुहरु निर्माण भएका हुन्छन । रसायन शास्त्रकानुसार वस्तुको निर्माण साधारणबाट जटिल्तातिर अगाडि बढेको हुन्छ । जटिल वस्तुलाइ रसायनिक प्रकृयाबाट बिच्छेद गर्दैजाँदा उही आधार तत्वमा पुगिन्छ ।आधार तत्वलाइ टुक्रयाउँदै जाँदा वस्तुको आफ्नो गुण नै समाप्त हुन्छ र बस्तु अदृष्य हुँदै वेभमा परिणत हुन्छ । सबै वस्तुहरुमा अन्ततः समानतामा परिणत हुने गुण निहित छ ।यो नै सर्बभौम सत्य हो ।
यस प्रकारले मानव पनि प्राकृतिक गठजोड्को परिणाम हो । मानवजातिले यो शारिरीक आकार , चेतना र बिवेक पाउन क्रमविकासको लाखौं बर्षे यात्रा पार गरेर यहाँसम्म आइपुगेको छ । यस क्रममा मानव जातिले आफ्नो चेतना र बिवेकले प्राकृतिक विपत्तिसंग लड्न , आफू सुरक्षित हुन, एक अर्काको साहरा बन्न सजातिय सामुहिक बसाइको आबश्यकता महशुस गर्यो ।आफू सामाजिक प्राणी भएको रहस्य थाहा पाइसकेपछि मानवले सामुहिक रहन(सहन सहितको सहस्तित्व र सकार्यमा आधारित समाजको निर्माण गर्यो । समाज निर्माणको एकमात्रै धेय भनेको एक अर्काको सुरक्षा,एक अर्कालाइ जीवन ज्युन सजिलो बनाउने र समग्र मानवजातिको कल्याण गर्ने भन्ने नै थियो ।
मानवजातिले समाजको निर्माणणसंगसंगै रज्य र सरकारको पनि निर्माण गर्यो ।मानवले राज्य र सरकारको निर्माण मानवलाइ जिउन सजिलो होस ,सामुहिक कार्यको नेतृत्व होस, सामुहिक नेतृत्वद्वारा मानव विकासका नयाँ आयामहरुको बिजारोपण होस भन्ने हेतुले गरेको थियो । तर त्यस भावना र मर्मको ठिक विपरित राज्य र सकार केही बोलवालाहरुको चक्रब्युहुको रक्षाकवज मात्र भएको हालसम्मको ईतिहांस छ ।
सामाजिक, राजनितीक, आर्थिक र सास्कृतिकत हिसाबले मानव समाज विकासका चरणहरु आदिम साम्यबादी यूग, दास यूग, पशुपालन यूग,सामन्तबादी यूग र पुजीबादी यूग हुँदै आइरहेका छ्न।यी यूगहरु एक पछि अर्को प्रगतिशिल हुँदै आएका छन । एक पछि अर्को यूगको विकास हुनुको पछि हरेक अघिल्लो युगभित्रको अन्तरद्वन्द र त्यसभित्र निहित रहेको खराबी नै हो । आन्तरिक अन्तरद्वन्द र खराबीका कारण नै मौजुदा यूगको अन्त्य र तेस्कै अन्तरद्वन्दबाट नयाँ यूगको अभ्युदय भएको छ । यो नै समाजिक क्रम विकासको नियम हो ।
अहिलेसम्मका सरकारहरु समाजका केही वर्गहरुको वर्गहित संरक्षण गर्नमैं सिमित देखिन्छ्न । वर्गले निर्माण गरेका सरकारहरु वर्गहित भन्दा बाहिर जानखोजे भने उनीहरुका पर्दापछाडिका मालिकहरुले सरकार बदल्ने वा सत्तच्युत गर्ने खेल शुरु गरिहाल्छ्न । हालसम्मका राज्यसत्ताको मुख्य खुट्टा पर्दापछाडी नै हुन्छ जुन खुट्टाले राज्यसत्तालाइ सधै आफ्नो हितमा मात्र निर्णय गर्न हिडाउछ।आफ्नो गोडामा राज्यसत्तले हिड्न? छोडेजस्तो भान हुनेबित्तिकै,आफ्नो कुत्सिक मानसिकता पूरा नहुने देख्नेबितिकै त्यो पर्दापछाडिको अदृष्य तर निर्णायक शक्तिले राज्यसत्तलाई निकम्मा भएको, असफल भएको,भ्रष्ट भएको र जनहित विपरित गएको भन्दै जनताको हवला दिदै अनेकन गालीगलोज र आरोप लगाउँछ । जनता यहि हवलालाइ साचो मान्दै राज्यसत्ताको विरुद्धमा जान्छ । जस्को फलस्वरुप त्यो पर्दापछाडिको शक्तिले आफ्नो इसरामा नाच्ने अर्को कठपुतली तयार गर्छ । त्यो कठपुतलि पनि मालिकको हित गरुन्जेल रहन्छ । यसरी भ्रमको दुष्चक्रमा राज्यसत्ता फेरबदलको खेलमा जनता लाग्दै आइरहेका छन । हाल्सम्म जनताको , सिंगो समाजको पक्षपोषण गर्ने राज्यसत्ता बनेको देखिदैन ।
सामन्ती युगको अन्त्यतिर बणीकबादले राज्यसत्ता संचालन गरेको देखिन्छ । बणीकबाद पुजीबादको सानो घेरा थियो । त्यस बखतको राज्यसत्ताले बण्ीाकबादको (सिमित संभ्रन्त परिवारका ब्यापारीको)पक्षमा आम नियम, कानुनु बनाउथ्यो र सबैलाइ सोहि अनुसार गर्न गराउन उर्दि जारी गथ्यो । एडमस्मिथले बण्ीाकबादको चर्को बिरोद गरे र उनकै विचारमा आधारित भएर पुजीबाद झागियो । पुजीबाद झागिएर अन्तरदेशीय निर्यात आयत शुरु भयो । सिमित संभ्रन्त बाहेक अरुलेपनी ब्यापार गर्न पाउने भए । यसले ब्यापारमा बढोत्तरी कमाई हुने देखेपछी फेरि बण्ीाकबादका पक्षपातिहरुले रुप बदले र सम्पुर्ण उत्पादन सम्बन्धलाइ नै कब्जा गर्ने हेतुले सम्पुर्ण कृषकहरुलाइ लखेटेर जमिन कब्जा गर्न थाले । राज्यले पनि उनिहरुकै परामर्शमा सोही अनुसारको कानुन बनाएर किसानहरुलाइ जमिन बिहिन सर्बहार मज्दुर बनायो । एबं रितले समन्तबाद नै पुजिबादमा परिणत भयो । पुजीबादले आफ्नै हातले आफ्नो बर्गदुष्मन सर्बहारा मजदुर निर्माण गर्यो ।
एडमस्मिथको अर्थशास्त्रले पुजीबादको बलियो जग बसाल्यो । तेसपछिका अधिकतम अर्थशास्त्रीहरुले एडमस्मिथको अर्थशास्त्रको पक्षपोषण हुने गरि प्रयोग मत्रै गरे । तेस्को केही पक्षका थेसिश तयार गरे , तेस्को रुप पक्षको सिँगार पटार गरे । तर यो पनि हिजोका समान्तिहरुको बदलिदो शोषणको माध्यम हो । यस्ले पनि सामाजिक न्याय कायम गर्दैन । यस्लेपनी हिजोको जस्तै अफ्नो पक्षमा नियम कानुन बनाइ जनतामाथी थोपार्ने राज्यसत्ता नै बनाउँछ भन्ने कुरालाइ जाना जानी बा अन्जानमै नजरन्दाज गरियो । विश्वनै पुजीबादको पिछा लाग्नु भएको बेला जर्मनका दार्शनिक तथा अर्थशास्त्री कार्लमाक्सले पुजीबाद समाजका आम समस्याको सामाधान होइन की यो त शोषणको बदलिएको रुपमात्रै हो । हिजो स्वशण सिमित थियो पुजीबादले स्वशण बिश्वब्यापी बनाइदियो । यस्ले पुजिको अस्त्रद्वरा साम्राज्य फैलाएर बिश्वलाइ नै स्वशण गर्नेछ भन्दै बैकल्पिक ब्यवस्थाकोरुपमा समाजबादलाइ अगाडि सारे । माक्सले यसो भनिरहदा सारा विश्वका पुजीबादी, राज्यसत्ता, चिन्तक, शुभेक्षुक सबै उनका विरुद्धमा लागे ।उनलाइ अनेकन मुद्दा मामिला, आरोप, प्रतिआरोप लागाएर देश निकाला गर्ने, धरपकड गर्ने जस्ता अनेकन अमानविय व्यवहार गरियो । सामाजीक न्याय र समग्र मानवजातिको हित हुने अर्थ ब्यवस्था बलजबस्ती दमित गरियो ।एकआधा देश बाहेक हालसम्म पनि त्यो अर्थ ब्यवस्था साम, दाम, दण्डभेद द्वारा विश्व सामाजिक अर्थतन्त्रभित्र दमित नै छ ।
पुजीबाद भित्र अनेकन बादहरु छ्न । जस्तोकी उदारबाद, नवउदारबाद, बिश्वब्यापीकरणबाद आदि । जे –जे वाद भने पनि पुजीुबाद निश्चित तत्वहरुमा अडिएको छ । पुजीबादका धेरै तत्वहरु छ्न । जस्मध्ये खुल्ला बजार नीति, राज्यले हस्तक्षेप गर्न नपाइने नीति, बजारले माग र आपुर्तिको आधारमा मूल्य निर्धारण गर्ने पाउने नीति, निजि सम्पतिको नीति र नाफा कमाउको नीति प्रमुख र पुजीबादको ब्रेनको रुपमा रहेका छ्न ।
पुजीबादका यी नीति र अवधारणाको बारेमा घोत्लिएर सार संक्षेपमा निष्कर्षमा पुग्दा खुला बजार नितिले छाडातन्त्र मौलाएको देखिन्छ । पुजीबादले खुला बजार खुल्ला बजार भनेर जतिकुकै कमजोरी हुदापनी बचाउ गर्छ । किन कि पुजिबादलाइ राम्ररी थाहा छ कि पानी धमिल्याएर माछा मार्न सजिलो हुन्छ । पुजिबादले कुनै पनि हालतमा राज्यको हस्तक्षेप स्विकार्दैन ।आफुलाइ खुला छोड्ने राज्यसत्ता पुजिबादले खडा गरिराखेको हुन्छ । राज्यको हस्तक्षेपलाइ निस्तेज पारिसकेपछी पुजिबाद रमाउछ । उस्ले अफै माग निर्धारण गर्द्छ र आफै आपुर्ती गर्दछ । माग र अपुर्तिको सन्तुलन भन्दै मनोमानी मूल्य निर्धारण गर्दछ । पुजीबादी अर्थब्यवस्थामा बस्तुको मूल्य पिको समयभित्र बदलिन्छ । एउटै बस्तुको मूल्य ब्यक्ती पिच्छे फरक हुन्छ । कृतिम अभाव सिर्जना गरेर भए पनि मूल्य वृद्धि गराइन्छ । यी र यस्ता सबै कार्य किन र के का लागि गरिन्छ त भन्दा पुजीबादभित्रको नाफा कमाउनका लागि गरिन्छ । नाफा के का लागि कमाइन्छ त भन्दा निजि सम्पतिका लागी , धनी बन्नका लागि , परस्पर निजी धन थुपार्ने प्रतिस्पर्धा लागि । तर यहि ब्यवस्थाभित्र धेरै जसो मानिसहरु साँझ बिहान छाक टार्न र बाच्नको लागि कमाइ रहेकाछन् ।
आज अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रम्प कोरोनाको महाप्रलयबाट अमेरिकी जनातहरु भटा भट मरिरहेका बेला विश्वबजारमा तेलको मूल्य घट्यो भनेर चिन्तित छन । उनी सिमित ब्यापारीहरुको समस्या देख्छ्न तर महांमारीको बिषयमा सोच्दैन्न । तेलको मूल्य बृद्दी गराउनुपर्यो भन्दै रुीस राट्रपति पुटीनसंग वार्ता गरेको कुरा विभिन्न संचार माध्यमबाट सार्वजनिक भैराखेको छ । पुजीबाद आज आफ्ना जनता र विश्वलाइ भ्रमित गर्न प्रोपोकान्डा रचिरहेको छ । उ आज कोहि वैज्ञानिकलाई आरोपित गर्दै कोरोना भाइरस बनाएर चाइनालाइ बेचेको आरोप लगाएर अदालतमा पेश गर्दै जबजस्ती दोसी साबित गर्न उद्दत छ । अन्तराष्टिय सम्बन्धमा आफुप्रतिको विश्वास जोगाइ राख्न गरिएको प्रोपोगान्डा हो या सम्पुर्ण सत्य हो त्यो भने हेर्न बाकी छ ।
जबसम्म पुजीबादी राज्यसत्ता, दर्शन, चिन्तन, अवधारणा, बजार र अर्थतन्त्र रहिरहन्छ तबसम्म बजार अराजकता कायमै रहन्छ । किनकी पुजीबादले अराजक बजार निर्माण गरेको छ र त्यो अराजक भिडलाइ संरक्षण गर्ने राज्य संयन्त्र तयार पारेको छ ।पुजीबादले वैधानिक रुपमै अनियमिता गर्ने , अपार्दर्शी बन्ने, भ्रष्टाचार गर्ने बाटो खोलिदिएकै छ अवधारणा अगाडि सारेकै छ । राज्यमा पुजिबादका अवधारणाहरु कायम रहेसम्म देशमा अनियमितता भयो, पारदर्शिता भएन, भ्रष्टाचार भयो भनेर कुर्लनु धारामा धमिलो पानी आयो भन्नुसरह हो । किनकी आर्थिक अनुशासन कायम गर्न सकिने कुरा पुजीबादका सारभुत अवधारणाहरुमा कहि कतै देखिदैन । यहाँ जता ततै अनियमितता छ । कहाँ छ पारदर्शिता? यहाँ आर्थिकक्षेत्रमा पारदर्शिता छैन, राजनितीक क्षेत्रमा पारदर्शिता छैन, सुचनामा पारदर्शिता छैन, संचारमा पारदर्शिता छैन, निजी क्षेत्रमा पारदर्शिता छैन, सरकारी क्षेत्रमा पारदर्शिता छैन । यस हिसाबले हर क्षेत्र अपारदर्शी देखिन्छ ।
यी सम्पुर्ण अपारदर्शिताको जड नै पुजीबादी अर्थब्यवस्था हो । मानिसलाइ भ्रष्टाचार गर्न र अपारदर्शी बन्न पुजीबादभित्रको नाफा कमाउ र निजी सम्पती थुपार, यस्ले नै तिम्रो जीवन उन्नत बनाउँछ भन्ने अवधारणा मुख्य जिम्मेवार छ । यस अवधारणाले मानिसलाइ लोभी लालची बनाएको छ । ब्यक्तिगत स्वार्थमा लिप्त बनएको छ । निजि सम्पती थुपारेर घरपरिवार बालबच्चा पाल, शिक्षा दीक्षा देउ, औषधि उपचार गर जस्ता थुप्रै आवश्यकता र इच्छा परिपुर्ती गर भनेर भनेको छ । निजी सम्पतिले सामाजिक मान प्रतिष्ठा निर्धारण गरेको छ । एकातिर नाफा कमाउ, निजी सम्पती कमाउ भनेको छ अर्कोतिर श्रम र ज्यालाबिच कतै पनि तारतम्य मिल्दैन । श्रम र ज्यालाको समन्धले बाच्न नै मुस्किल हुने भएपछि एकथरी मान्छेको कुनियत तयार हुन्छ भने अर्को थरी मान्छे सामाजिक मान परतिष्ठा, उच्च पद प्राप्ति, असन्तुष्ट निीज सम्पती मोह र पुस्तौ पुस्ताका लागि श्रीसम्पती जम्मा गर्ने होडमा कलुशित बन्छ । पुजीबादले एकतिर मान्छेलाइ निजि सम्पती कमाउ, नफा गर भनेर भनेको छ भने अर्कोतर्फ निजि सम्पती र नाफाका लागि बजारलाइ अनियन्त्रित अराजक बनाएको छ।यस्ले के प्रमाणित गर्दछ भने दूध खुल्ला छोड्नु र बिरालोलाई भन्साकोठामा जानदिनु भनेजस्तो भएनर ?
समय समयमा कृतिम अभाव सिर्जना हुनु, विश्वमा ठुलाठुला आर्थिक मन्दिहरु आउनु, संकटको बेला खुलेयाम कालाबजरी चल्नु आदि पुजीबादका उपज हुन ।नेपालमा चाहे त्यो भारतको नाकाबन्दिको बेला एउटा ग्यास सिलिन्डरको मूल्य १४ सयबाट १५ हजार पुगेको होस वा कोरोनाको संक्रमणको महांमारिको बेला बढी मूल्य तिरेर ल्याइएको भनिएको स्वस्थ्य सामग्री होस यात जगदम्बाका मालिकको चार हजार पर्ने थर्मो गनलाई १५ हजारमा बेच्ने कुचेष्टा होस यि सबै पुजीबादी अर्थतन्त्रका नाफारुपी र चरम निजी सम्पती कमाउ अवधारणाका बाछिटा नभएर के हुन त ? यी त पुजीबादका केही प्रतिनिधिमुलक घटना हुन । यस्ता पुजीबादी माल लन्युट्रेशनहरु कति छन कति ।
हामी कुनै पनि समस्याको रुट कज खोज्दैनौ । यदि समस्याको समुल अन्त्य गर्नुछ भने समस्याको मुल जराको आमूल परिवर्तन गर्न जरुरी छ ।अहिलेका हम्रा ब्यवहारहरु हेर्दा हामी समस्याको हल खोजिरहेका छैनौ की एक अर्कासंग प्रतिसोद साटन्का लागि, आफ्नो कुनियतपुर्ण इगो पूरा नभएमा अपारदर्शिता भयो भनेर पानीमाथिको ओभानो बन्न खोजेको सहजै अनुमान लगाउन सकिन्छ।हामी धारा भाचिरहेका छौं ।धमिलो पानी आउने मुहानलाइ बेवास्ता गरि धारा भाच्नुको वा धारा परिबर्तन गर्नुको कुनै अर्थ छैन ।बिश्वमा भैरहेको चरम आर्थिक,राजनितीक र सामाजिक अनियमितताको प्रमुख जड भनेकै पुजीबादी ब्यवस्था हो ।
पुजीबादी ब्यबस्थाभित्रको नाफा कमाउने अबधारणा र निजी सम्पतिको अवधारणा का कारण नै विश्व समाज ब्यवस्थाभित्र भ्रष्टाचार मौलाएको हो । वास्तवतमा पुजीबाद टिकेकै यी दुई अवधारणाको कारणले हो । विश्व अर्थतन्त्रमा समस्या पनि यिनै विचारले ल्याएको कुरा पनि कटु सत्री हो । यी दुई अवधारणा कै कारण मानिसहरु भ्रष्ट भएकाछन ।पुजीबाद बाट यी दुई अवधारणालाई हटाइदिने हो भने पुजीबाद १ सेकेण्ड पनि बाच्दैन ।तेसैले खुद्रामा समस्याको हल खोज्नु भन्दा समस्याको मुलरुप रहेको पुजीबाद र त्यसभित्रको नाफाखोरी र चरम निजिखोरी जरालाइ काटेर फाल्नुपर्छ र आम मानव मुक्तिका खातिर र लोक कल्याणका लागि समाजबादी सामाजिक आर्थिक ब्यवस्थाको संखघोष गर्नुपर्छ ।यसले मात्र अर्थब्यवस्थाभित्र दिर्घकालिन समाधान दिन्छ । अन्यथा दुईचार जना जेल जादैमा,५–६ जना लोकाचारमा पर्दैमा अथवा मृत्युयदण्द दिने कनुन बनाउँदैमा पुजीबादी अर्थब्यवस्थाभित्र बसेर भ्रस्टाचारको समुल अन्त्री त धेरै दुरको कुरा न्युनिकरण पनि हेने लक्षण देखिदैन । किनकी आधार संरचना अनुसारको उपरी संरचना तयार हुन्छ ।
लेखक नेकपा चौकुने गाउँपालिका कमिटीका सदस्य समेत हुन ।