शुक्रबार, फागुन ११, २०८०

प्रचारवादी राहात वितरण कति न्यायोचित ?

  
कर्णाली टाइम्स शुक्रबार, चैत्र २८, २०७६

प्रेम बहादुर दर्जी

जति भन्दा र सुन्दा सजिलो जस्तो लाग्ने सामाजिक कार्य गर्न त्यतिनै अप्ठारो छ । यो समाज संग, समाजको दैनिकी संग प्रत्यक्ष रुपमा जोडिएको बिषय हो र यो बिषय त्यतिकै भेग पनि छ । आज संसारका जे जति समाज परिवर्तित देखिन्छन ती परिवर्तन हुनुको पछाडी सामाजिक कार्यकर्ताको पनि ठुलो भुमिका रहेको छ । आज भोलि सामाजिक अभियान्ताका बाटै आफ्नो सेवाग्राहीको सामाजिक हैसियतमा खलल पुग्ने गरी सामाजिक सञ्जालमा फोटो तथा भिडियोहरु अप्लोड भएको देख्दा दुःख लागेको छ । यी घटनाहरुले कतै सामाजिक कार्यकर्ताको आचार संहिताको विपरीत काम भइरहेको त छैन ? भन्ने प्रश्न उठ्न जान्छ ।
पहिलो कुरा त सामाजिक कार्य के हो ? भन्ने कुरा जान्न आवश्यक हुन्छ ।
“T0 help people to help themselves’अथवा आफुले आफुलाई सह¥योग गर्न सक्ने बनाउनु भन्ने मुल मन्त्रमा साथ यसको शुरुवात भएकोे हो । समान्यतया बुझ्दा यो एक सहयोगी पेशा हो । यसमा व्यक्ति,समुह र समुदायको समस्याको समाधान भई लापदायी हुन्छन ।समाजिक कार्यको उदेश्य व्यक्ति,समुह र समस्त समुदायलाई आफ्नो सामुदायिक भुमिका, जिम्मेवारी बहन गर्न सक्षम बनाउनु हो । सामाजिक कार्य प्रक्र्रियागत हिसाबले अगाडि बढ्छ । सामाजिक कार्यकर्ताले आफ्नो सेवाग्राहीलाई मनोसामाजिक परामर्श प्रदान गर्नुका साथै देश विकास गर्नमा बढी भुमिका रहन्छ ।
ऐतिहासिक विकासक्रम लाई हेदा, समाजिक कार्यको विकासक्रम पश्चिमी समुदायबाट  पुर्वीय समुदाय तिर फैलिएको पाईन्छ । पश्चिममा USA / UK र पुर्वीय तिर नेपाल र भारत रहेको पाईन्छ । शुरुमा सामाजिक कार्यको उत्पतिबाट भएकाृे पाइन्छ । प्राचिनकालमा राजा भन्दा पनि बलिया बहादुरीहरु थिए । उनीहरु नै सर्व सर्वाह थिए र उनीहरु जनतालाई धार्मिक निर्देशन दिन्थे र दान दिन उत्प्रेरीत गथ्र्ये । यसमा ग्रिजाघर (church) को ठुलो भुमिका रहेको छ । मनिसहरु ग्रिजाघरलाई दान (charity) प्रदान गर्दथ्ये र त्यहि दान संकलन गरेर दुःखी गरिब र आवश्यकता परेका ब्यक्तिहरुका बाँडफाँड गरिन्थ्यो र त्यो दान दिनुको मुख्य उदेश्य आत्म शुद्विकरण (purification of soul) गर्नु हो भन्ने धार्मिक मान्यता थियो ।

एक हजार राहत दिएर सामाजिक सञ्जालमा फोटो पोष्ट गरि दुई हजार सेयर पुर्याउनुु समाजिक कार्यको सिद्वान्त विपरित हुन्छ ।

यसै गरि सामाजिक कार्यको बिकासको इतिहासका charity organization society (1869), settlement house movement (1867) , the Beveridge Report (1641) जस्ता आदी अयियान र अभियान्ताहरुको महत्वपूर्ण भुमिका रहेको छ । यसको बिकासक्रमलाई बिभिन्न ४ चरणमा वर्गीकरण गरी व्याख्या गरिन्छ। १, उपनिवेशको समय २, औधोगीक क्रान्ति ३, समाजिक कार्य पेशागत बिशेषता तिरको लम्काई ४,समाजिक कार्य पेशागत बिषय , सामाजिक कार्यका आफ्नै बिधि,सीप र सिद्वान्तहरु हुन्छन र यी सबै सामाजिक कार्यकर्ताले आत्मसात गदै काम गर्नु पर्छ । यदी कसैले आत्मसाथ गदैन भने त्यो सामाजिक कार्यकर्ता होइन ।
कुनै पनि व्यवसायलाई सजिलै संग चिनाउन र सरलतापुर्वक लक्ष्य हासिल गर्ने आचार संहिताको ठुलो भुमिका रहेको हुन्छ र त्यसको पालना गर्नु सबैको कर्तव्य पनि हो र यदी पालना नगरे उपचारात्मक व्यवस्था पनि गरिएको हुन्छ । त्यसै गरी सामाजिक कार्यकर्ताले सेवार्थीहरुलाई सेवा प्रदान गर्न सम्बन्धमा निश्चित मुल्य,मान्यता एवमं आचारसंहिताको सिमाभित्र रहेर सेवा प्रदान गर्नु पर्ने हुन्छ । यसै सन्दर्भमा सामाजिक कार्य राष्ट्रिय समितीले कुनै पनि व्यबसायिक सामाजिक कार्यकर्ताले तोकिएको निश्चित पालना गर्नुपर्ने हुन्छ । तब मात्र सामाजिक कार्यकर्ता आफ्नो लक्ष्यमा पुग्न सक्छन भनि उल्लेख गरेको छ । २००४ सालमा सामाजिक कार्य राष्ट्रिय समितीको साधारण सुझावको प्रतिनिधी द्वारा आचार संहिताको संसोधन २ भागमा बिभाजन गरियो :
१,नैतिक स्तर
२,नैतिक सिद्वान्त
त्यसमध्य नैतिक स्तरको कुरा गर्न चाहन्छु यहाँ नैतिक स्तर भन्नाले हरेक मानिसहरु फरक फरक क्षमताका हुने भएकाले हरेकको

आत्मसम्मान लाइ उच्च मुल्य दिदै समस्या समाधानमा अघि बढ्ने भन्ने कुरालाई दर्शाउँदछ
र गोपनियताको सिद्वान्त अनुसार : सामाजिक कार्यकर्ताले आफ्नो व्यवसायिक र नैतिक कर्तव्यका आधारमा जे जस्ता सुचनाहरु प्राप्त

हुन्छन त्यसलाई जहिले पनि गोप्यमा राख्नु पर्दछ । र व्यक्तिक सुचना लिने क्रममा निम्न कुरामा ध्यान दिनु पर्दछ ।
सेवार्थी बाट उसलाई सेवा प्रदान गर्न आवश्यक पर्ने सुचना मात्र लिने ।
संस्थालाई सुचना दिने जति सुचना सेवाकालागी आवश्यक हुन्छ त्यतिमात्र दिने ।
अन्य संस्था,व्यक्तिहरु सित सेवार्थीका समस्याका बारेमा सुचना लिनु दिनु परेमा सेवार्थीको स्वकृति बिना लिनु दिनु ।
अति आवश्यक सुचनाको मात्र अभिलेख राख्नुपर्दछ र त्यस्ता अभिलेखहरु संस्था वा सेवार्थीको अनुमति लिएर मात्र प्रयोग गर्नुपर्दछ ।

यी सबै मुल्य, मान्यता र सिद्धान्तहरुको आत्मसाथ गरेर सामाजिक सेवा गर्ने व्यक्ति एक असल सामाजिक कार्यकर्ता बन्न सक्छ, जसले यी मान्यताहरुको आत्मसात गदैनन ती सामाजिक कार्यकर्ता बन्न सक्दैन । सन्दर्भ हाल बजारमा चलिरहेको हल्ला राहत वितरण गर्दाको बखत लिईएका फोटो र भिडियोहरु सामाजिक सञ्जालमा जो देख्न र सुन्न पाइएको छ । यसले सेवाग्राहीहरुको सामाजिक, आर्थिक लगायत राजनैतिक हैसियतमाथि आचआउने खाले अप्लोड भइरहेका छन जो सामाजिक कार्य को पनि सिद्धान्तको आत्मसाथ गरिएको छैन । समाजमा सकरात्मक काम गर्न खोज्नेहरु भोलिका सामाजिक अभियान्ता, कार्यकर्ता पनि हुनसक्छन त्यसैले काम गर्दा कम्तिमा आफ्नो नैतिक आचार संहिताको पनि ख्याल राख्नु पर्ने देखिन्छ । सामाजिक कार्यका बिभिन्न सिद्वान्तहरु मध्य गोपनियताको सिद्धान्त पनि एक महत्वपूर्ण हो । यो अनिवार्य पालना गर्नु पर्छ । यो सिद्वान्त सामाजिक कार्यको क्षेत्रमा मात्र नभर्ई अन्य क्षेत्रमा पनि त्यत्तिकै महत्वपूर्ण छ । यसको व्यवस्था नेपालको संबिधानको धार २७ मा पनि व्यवस्था गरिएको छ कि कुनै पनि व्यक्तिको जीउ,आवास,सम्पत्ति, लिखत तथ्याङ्क पत्रचार र चरित्र सम्बन्धी बिषयको गोपनियता कानुन बमोजिम बाहेक अनतिक्रम्य हुनेछ । भन्ने व्यस्था उल्लेख छ । त्यसैले राहत लिनेको पनि आफ्नै सामाजिक हैसियत हुन्छ ।  राहत वितरण गर्दा अनावश्यक फोटो र भिडियो लिने र अनावश्यक रुपमा सामाजिक सञ्जालमा पोष्ट गर्नु सामाजिक कार्यको सिद्धान्त विपरीत कार्य देखिन्छ । यसमा हामी सबैको ध्यानाकर्षण हुन जरुरी छ ।
यी सिद्धान्त, मुल्य र मान्यतालाई आत्मसात गरेर काम गरियोस सरकारले नै राहत वितरणको फोटो र भिडियो गराएर सामाजिक सञ्जाल फेसबुक, युटूब जस्ता माध्यममा अपलोड गर्न मनाहीको लागी सुचना जारी गर्नु पर्ने अवस्था सिर्जना नगरौं सबैले यो सन्देशलाई सकरात्मक तरिकाले ग्रहण गरौं ।

(लेखक मध्यपश्चिमाञ्चल विश्व विद्यालयमा स्नातक कानुन र अन्तराष्ट्रिय सम्बन्ध विषयमा अध्यनरत बिद्यार्थी हुन् )