सोमवार, मंसिर १७, २०८१

पञ्चपुरीका १२० बाढीपीडितलाई राहत

  
कर्णाली टाइम्स शुक्रबार, चैत्र २८, २०७६


सुर्खेत । पञ्चपुरी नगरपालिका–१० को तिखाकुनामा रहेका १२० जना बाढीपीडित परिवारलाई खाद्यान्न सामग्री वितरण गरिएको छ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण गर्न सरकारले घोषणा गरेको लकडाउनले दैनिक ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्ने बाढीपीडित परिवारलाई खाद्यान्न अभाव भएपछि सहयोग उपलब्ध गराइएको हो ।
अभियान्ता तथा पत्रकार नगेन्द्र उपाध्यायले सुरु गरेको बाढीपीडित नागरिकलाई खाद्य सहयोग अभियान अन्तर्गत संकलन भएको रकमबाट खाद्यान्न खरिद गरी शुक्रबार वितरण गरिएको हो । २०७१ सालमा आएको बाढीका कारण सुर्खेतमा सयौंले ज्यान गुमाएका थिए भने अहिले पनि एक हजार ४५ बाढीपीडित परिवार विभिन्न अस्थायी शिविरमा बस्दै आएका छन् । पञ्चपुरीको तिखाकुनाका एक सय २० घरपरिवारलाई ३० केजिका १२० बोरा चामल, १२० प्याकेट पिठो, १२० प्याकेट तेल, १२० प्याकेट नून वितरण अभियान्ता पत्रकार नगेन्द्र उपाध्याय र पञ्चपुरी नगरपालिकाका मेयर उपेन्द्र थापा र उपप्रमुख मुक्ति रेग्मीले वितरण गरेका हुन् ।
खाद्यान्न सामाग्री राहत उपलब्ध गराउनका लागि सामाजिक अभियन्ता डा. नवराज केसी र दक्षिण कोरियामा रहेका अभियन्ता लक्ष्मीनारायण बस्नेत ले एक लाख पाँच हजार, लायन्स क्लव इन्टरनेशलन ३२५ बि २ ले एक लाख एक हजार, राजनीतिकर्मी तथा सामाजसेवी मुकुन्दश्याम गिरीले २५ हजार, तिलक आचार्यले ५१ सय, भरत रावलले ५१ सय, विशाल ढकालले ५ बोरा चामल, रामप्रसाद गौतमले ५ बोरा चाम, ॐ सिद्दिबिनायक कृषि फर्मले सात क्वीन्टल तरकारी, नेपाल बिद्यार्थी संघका सुर्खेत अध्यक्ष गौगम बिसीले तीन हजार नगद सहयोग उपलब्ध गराएका थिए ।

हालसम्म २३३ बाढीपीडित परिवारलाई राहत उपलब्ध गराइएको अभियान्ता नगेन्द्र उपाध्यायले जानकारी दिए ।