बुधबार, फागुन ९, २०८०

बाँकी ५ जनाको पनि रिपोर्ट नेगेटिभ आएपछि सुर्खेत क्वारेन्टाइन खाली

  
कर्णाली टाइम्स मंगलबार, बैशाख २, २०७७

सुर्खेत । वीरेन्द्रनगरको खुलामञ्चस्थित क्वारेन्टाइनमा रहेका ५ जनाको थ्रोट स्वाबको नमुनामा पनि कोरोना ‘नेगेटिभ’ देखिएपछि क्वारेन्टाइन खाली भएका छन् । छ । यसअघि चैत २९ गते १ सय ८३ जनाको स्वाबको परीक्षण गर्दा कोरोना नदेखिएपछि सबै आ–आफ्नो घर गइसकेका थिए । मंगलबार बाँकी ५ जनाको पनि रिपोर्ट नेगेटिभ आएपछि घर फर्किएका छन् ।
क्वारेन्टाइनको कमाण्ड गरिरहेका नेपाली सेनाको उत्तरपश्चिम पृतनाका सहसेनानी दयाराम ढकालका अनुसार बाँकी ५ जनालाई आज साँझ सम्म घर पु¥याईने छ ।
सेनाको व्यवस्थापनमा कर्णाली प्रदेश सरकारले बनाएको ४ सय जना क्षमताको क्वारेन्टाइन आजबाट खाली भएको छ । भारतबाट घर फर्किने क्रममा रहेका दैलेख, कालीकोट, अछाम, सुर्खेत, जाजरकोट र जुम्लाका १ सय ८८ जनालाई क्वारेन्टाइनमा राखिएको थियो ।