शुक्रबार, बैशाख २१, २०८१

कर्णाली विपद व्यवस्थापन समितिको बैठकले सिमित जनशक्तिबाट हुने निर्माणका काम गर्न दिने निर्णय ग¥यो

  
कर्णाली टाइम्स मंगलबार, बैशाख २, २०७७


सुर्खेत। कर्णाली प्रदेशको विपद् व्यवस्थापन समितिले सिमित जनशक्तिबाट औजार प्रयोगबाट भईरहेका विकास निर्माणका कार्यहरु सञ्चालन गर्न दिने निर्णय गरेको छ । मंगलबार मुख्यमन्त्री तथा विपद व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र बहादुर शाहीको अध्यक्षतामा बसेको वैठकले यस्तो निर्णय गरेको हो ।
वैठकले भारतलगायत तेस्रो मुलुकबाट प्रदेशमा भित्रिएका मानिसहरुको पहिचान गरी निगरानी गर्ने, ल्याब टेष्ट गर्ने र नयाँ आउने व्यक्तिलाई तोकिएको अवधिभर अनिवार्य रुपमा क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाउने निर्णय पनि गरेको छ ।
छिमेकी प्रदेश र जिल्लाबाट मानिसहरु भित्रिने नाकाहरु कपुरकोट, कालीमाटी, बबई, पञ्चपुरी र चौकुनेमा थप सुरक्षा प्रबन्ध गर्न सशस्त्र प्रहरीले आवश्यक व्यवस्था मिलाउने, लकडाउनलाई प्रभावकारी बनाउन कडाई गर्ने निर्णय पनि गरिएको छ ।
अर्को प्रदेशबाट दुग्धजन्य पदार्थ, तरकारी तथा फलफूल, पशुपंक्षीजन्य उत्पादन भित्र्याउन अर्को व्यवस्था नहुँदासम्म पूर्ण रुपमा रोक लगाउने, दैनिक ज्याला मजदुरी गर्ने व्यक्ति तथा परिवार र अन्य जिल्लाबाट अध्ययनका लागि आएका विद्यार्थीहरु पहिचान गरी राहत वितरणलाई व्यवस्थित गर्ने निर्णय समितिले गरेको छ ।
यस्तै गाउँघरमा मौसमी बाली भित्र्याउने तथा बाली लगाउन समय भएकाले खेताला तथा श्रमिक प्रयोग नगरी गर्न सकिने खेतीजन्य कार्य मात्र गर्न दिने, क्वारेण्टाईनमा राखिएका मानिसहरुको खर्च भुक्तानीका लागि प्रदेश विपद् व्यवस्थापन कोषबाट बजेट उपलब्ध गराउने निर्णय गरिएको छ ।