शुक्रबार, बैशाख २१, २०८१

बाबियाचौर कन्सल्टेन्सीद्धारा नगरपालिकालाई खाद्यान्न सहयोग

  
कर्णाली टाइम्स बुधबार, बैशाख ३, २०७७

सुर्खेत । बाबियाचौर कन्सल्टेन्सीद्धारा पञ्चपुरी नगरपालिकालाई सहयोग गरिएको छ । बाबियाचौर कन्सल्टेन्सी सेन्टरले १९ हजार ५ सय बराबरको खाद्यान्न सामाग्री चामल १५ बोरा खरिद गरि नगरपालिकाको राहतकोषमा उपलब्ध गराएको हो ।
पञ्चपुरी नगरपालिकाको एकद्धार नीतिबाट राहत वितरण गर्ने निर्णय गरेपछि यो अप्ठारो परिस्थितिमा खाद्यान्न सहयोग गरेको दिएको कन्सल्टेन्सीका सञ्चालक पुर्ण बहादुर रावलले बताए ।
यो अभियानमा साथ दिनका लागि आम नागरिकलाई आव्हाहन गरेको नगरपालिकाका सुचना अधिकारी चुडामणि कँडेलले जानकारी दिए ।