बुधबार, माघ ९, २०८१

रूकुम पश्चिमका दुई जनाको रिपोर्ट धनगढीमा पोजेटिभ देखायो, पुनः जाँचका लागि स्वाब काठमाडौं पठाइयो

  
कर्णाली टाइम्स बिहीबार, बैशाख ४, २०७७

सुर्खेत । रूकुम पश्चिमका दुई जनाको स्वाब धनगढीमा जाँच्दा कोरोना भाइरस पोजेटिभ देखिएको छ ।
धनगढीको पिसिआर मेसिनमा परीक्षण गर्दा पोजेटिभ देखिएपछि काठमाण्डौ पठाइएको प्रदेश अस्पताल सुर्खेतका मेडिकल सुपरिटेन्डेन्ट डम्बर खड्काले बताए ।
‘सुर्खेतमा पिसिआर मेसिन नभएकाले आरडिटीमा एन्टिबडी देखिएका केही स्वाब धनगढी पठाएका थियौं, तीमध्ये दुई जनाको त्यहाँ पनि पोजेटिभ देखिएको छ,’ खड्काले भने, ‘त्यी स्वाबलाई पुनः परिक्षणका लागि आज काठमाण्डौं पठाएका छौं ।’
कोरोना पोजेटिभ देखिएका उनीहरू केही दिनअघि भारतबाट आएका थिए । डाक्टर खड्काका अनुसार उनीहरू अहिले होम क्वारेन्टाइनमा बसेका छन् ।
नेपालमा अहिलेसम्म १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १ जना निको भएर घर फर्किएका छन्। अहिले धनगढीमा ५, वीरगन्जमा ४, बाग्लुङमा २, टेकु र पाटन अस्पतालमा २र२ जना संक्रमितको उपचार भइरहेको छ ।