सुर्खेत । सुर्खेतमा बुधबार प्रहरीबाट पत्रिका वितरक प्रकाश आचार्य कुटिएको घटनाप्रति मानव अधिकार आयोगको ध्यानार्कषण भएको छ ।
‘लकडाउनमा प्रहरीको ज्यादतिः प्रहरीबाट पत्रिका वितरक कुटिए’ भन्ने समाचार कर्णाली टाइम्समा प्रकाशित भएपछि राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय जुम्लाको ध्यानाकर्षण भएको जनाएको छ ।
आयोगको कार्यालयले समाचारलाई उजुरीको रुपमा लिएर अनुसन्धान अघि बढाएको शाखा कार्यालय जुम्लाका प्रमुख रमेश थापाले जानकारी दिए ।
समाचार र पिडक र पिडित दुबै पक्षको संवादका आधारमा उजुरी बनाई अनुसन्धान गरिरहेको र अनुगमन समितिले पनि अनुगमन गर्ने थापाले बताए ।
थापाका अनुसार घटनाबारे आयोगले प्रहरी उपरीक्षक दिल्लीराज पन्त र पीडित व्यक्ति प्रकाश आचार्यसँग कुराकानी गरेको छ । ‘ मानव अधिकारबाट सरले फोन गरेर घटनाको बारेमा सोध्नुभएको थियो मैं सबै कुरा भनेको छु’ आचार्यले भने, मैले न्याय पाउनेमा मलाई पुर्ण विस्वास छ ।’
उक्त अनुगमन समितिमा बार एसोसियसन, नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश, गैरसरकारी महासंघ कर्णाली प्रदेश लगायतको प्रतिनिधित्व रहने उनले बताए ।
लकडाउनको बेला सुर्खेत प्रहरीबाट मानव अधिकार उल्लंघनका घटनामा वृद्धि भइरहेको छ । जसको शिकार बुधवार सुर्खेतका पत्रिका वितरक प्रकाश आचार्य भएका छन् । प्रहरी हवल्दार एलबी रावतले आफूमाथि आक्रमण गरेको उनले बताएका थिए ।
घरनजिकै चिनी लिन गएको बेला आचार्यलाई प्रहरीले निर्घात कुटपिट गरेको छ । दिउँसो करीब ३ बजे लाटीकोइलीमा मोटरसाइकलमा आएका २ जना प्रहरीले लाठीले कुटेका आचार्यले बताएका थिए ।
सुर्खेतमा रहेर विभिन्न पत्रिका वितरण गर्दै आएका प्रकाश आचार्य बुधबार दिउँसो प्रहरीद्वारा निर्घाट कुटिएका छन् । लाटीकोइली रोडमा घर नजिकै चिनी किन्न निस्केका उनलाई दुईजना प्रहरीले कुटेका हुन् ।
यो पनि पढ्नुस ।