शनिबार, भदौ २९, २०८१

कर्णालीमा एकसय ७६ जनाको मात्रै पीसीआर

  
कर्णाली टाइम्स आइतवार, बैशाख ७, २०७७

सुर्खेत । कर्णाली प्रदेशमा एकसय ७६ जनाको मात्रै नमूना परीक्षण (पीसीआर) गरिएको छ । कोरोना भाइरस संक्रमितका लागि कर्णाली प्रदेशमा स्वाब परीक्षण गर्ने पीसीआर मेसिन आएको झण्डै तीन हप्ता पुग्न लागे पनि यो परिक्षणको संख्या न्युन भएको स्वास्थ्यकर्मीहरुको भनाई छ । कर्णाली प्रदेशमा हालसम्म नौं सय २२ जनाको स्वाब परीक्षण गरिएको छ ।
भारत र तेस्रो मुलुकबाट आएका र कोरोनाको सम्भावित लक्षण देखिएका मध्ये नौ सय २२ जनाको स्वाब परीक्षण गरिएको हो । जसमध्ये सुर्खेतमा एकसय ७६, धनगढीमा ९९ र काठमाडौंमा ६ सय ४६ जना गरी कुल नौं सय २२ जनाको स्वाब परीक्षण गरिएको हो । परीक्षण गरिएका सबैको नतिजा नेगेटिभ नै आएको छ ।
यस्तै कर्णालीमा कोरोनाको द्रूत परीक्षण (¥यापिड टेस्ट) पनि सुस्त गतिमा भइरहेको छ । चैत २८ गतेदेखि सुरु भएकोमा हप्ता दिन बितिसक्दा पनि दुई हजार ७ सय जनामा मात्रै ¥यापिड टेस्ट भएको छ । कोरोनाको त्रासपछि विदेशबाट गाउँ फर्किएका नागरिकहरुमा कोरोना परीक्षणका लागि द्रुत प्रविधि सुरु गरिएको थियो ।
कोरोना परीक्षणको स्वाब परीक्षण गर्न कर्णाली प्रदेश प्रयोगशालाको पीसीआर मेसिनले भार थेग्न नसकेपछि द्रूत परीक्षण प्रविधि अपनाइएको थियो । ¥यापिड टेष्ट सुस्त हुँदा गाउँमा कोरोनाको जोखिम बढेको छ ।
भौगोलिक विकटताकै कारण ¥यापिड टेस्ट सुस्त भएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनलायले जनाएको छ ।
प्रत्येक जिल्लामा दुईदेखि चार वटासम्म टोली बनाएर ¥यापिड टेस्ट सुरु गरेको निर्देशनालयले जनाएको छ । किट सकिएपछि जिल्लामा सबै टोलिले ¥यापिड टेस्ट गर्न पाएका छैनन् ।
किट अभाव भएपछि मुगु, सल्यान र जाजरकोटमा ¥यापिड टेस्ट रोकिएको छ भने अन्य जिल्लामा टोलीले स–साना टोलहरुमा ¥यापिड टेस्ट गरेका छन् । संघीय सरकारले कर्णाली प्रदेशमा पाँच हजार किट पठाएको थियो । जसमध्ये झण्डै दुई हजार किट बाँकी छ ।
हालसम्म कर्णालीका दश जिल्लामा २ हजार ७ सय ७७ जनामा ¥यापिड टेस्ट गरिएको छ । कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सुर्खेतमा ९ सय ४८ जनाको ¥यापिड टेस्ट गरिएको छ ।
दैलेखमा २ सय २३ जना, डोल्पामा ३ जना, हुम्लामा ८३ जना, कालिकोटमा २ सय ६ जना, जाजरकोटमा २ सय ६७ जना ¥यापिड टेस्ट गरिएको हो । त्यस्तै जुम्लामा २ सय २५ जना, मुगुमा ३ सय चार जना र सल्यानमा ५ सय १८ जनामा ¥यापिट टेस्ट गरिएको हो ।

¥यापिड टेस्टका लागि कर्णाली प्रदेशले थप तीन हजार किट ल्याउने भएको छ ।
किट अभावका कारण केही जिल्लामा पूर्णरुपर्ले यापिड टेस्ट रोकिएपछि केन्द्रबाट किट झिकाइएको कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयकी निर्देशक रतिा भण्डारीले बताइन् ।