सोमवार, फागुन २१, २०८०

सनराइज बैंकले दियो प्रदेश अस्पताललाई स्वास्थ्य सामाग्री

  
कर्णाली टाइम्स आइतवार, बैशाख ७, २०७७

सुर्खेत । सनराइज बैंकले कर्णाली प्रदेश अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीहरुका लागि स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराएको छ । बैंकको कर्णाली प्रदेश कार्यालय र वीरेन्द्रनगरस्थित शाखा कार्यालयले २५ थान पर्सनल प्रोटेक्टिप इक्वीमेन्ट (पिपिई) लगायत स्वास्थ्य सामग्री उपलब्ध गराएको हो ।
कर्णाली प्रदेश अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुको माग अनुसार बैंक को तर्फ बाट स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराइएको वीरेन्द्रनगरको शाखा कार्यालयका प्रमुख सुष्मा गिरीले जानकारी दिइन् । ‘बैंकको कर्णाली प्रदेश र शाखा कार्यालयकातर्फबाट आठ थान पुन प्रयोग गर्न मिल्ने पिपिई सेट र १७ थान डिस्पोजेवल पिपई सेट लगायत स्वास्थ्य सामग्री उपलब्ध गराएका हौं,’ कर्णाली प्रदेश प्रमुख प्रदीप अर्यालले भने, ‘कोरोना संकटका बेला सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर सहयोग गरेका हौं ।’