शुक्रबार, असोज २५, २०८१

वीरेन्द्रनगरभित्र राहत पाउन १०१ मा फोन गर्नुपर्ने

  
कर्णाली टाइम्स सोमवार, बैशाख ८, २०७७

 सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले नगर क्षेत्रभित्र बसोबास गर्ने मजदुर, विद्यार्थी र बेखर्चीले राहत पाउनका लागि १०१ नम्बरको निशुल्क आपतकालिन केन्द्रको नम्बरमा सम्पर्क गर्न आग्रह गरेको छ ।
कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगर नगरपालिकाले यसभनदा पहिले यहाँका स्थायी र अस्थाई नागरिकलाइ दोश्रो चरणको राहत वितरण गर्ने कार्यक्रम ल्याएको छ ।
लकडाउनबाट प्रभावित, विद्यार्थी अति विपन्न एवंम मजदुर र बेखर्चीका लागि सोमबारदेखि दोस्रो चरणको विशेष राहतको व्यवस्था मिलाइएको र उक्त राहत लिन नगरपालिकाको आपतकालिन केन्द्रको सम्पर्क नं १०१ मा सम्पर्क गरी आफ्नो नाम ठेगाना टिपाउन सरोकारवालाहरुलाइ अनुरोध गरेको कार्यवाहक नगर प्रमुख मोहनमाया ढकालले जानकारी दिइन् ।
यसरी राहतका लागि नाम टिपाएका व्यक्तिहरुको घरदैलोसम्म वडा कार्यालयको समन्वयमा वास्तविकता बुझ्ी राहत वितरण गरिनेछ ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसको संम्भावित संक्रमणबाट नगरबासीलाई जोगाउन नगरपालिकाको सम्पूर्ण साधन स्रोतको परिचालन गरि अगाडी बढेको कार्यवहाक प्रमुख ढकालले बताईन ।
संघीय सरकार र प्रदेश सरकारसँग समन्वय गर्दै नगरपालिकाले वीरेन्द्रनगरमा रहेका अति विपन्न, मजदुरी गरी खाने र विद्यार्थीहरुका लागि पहिलो चरणमा करिब १५ हजार परिवारलाइ राहत वितरण, कोरोना भाइरसको संक्रमण जोखिम न्यूनिकरणका लागि उपत्यकाका वडाहरुमा औषधि छर्ने, लकडाउनलाइ व्यवस्थित र प्रभावकारी बनाउनजनचेतना जगाउने लगायतका विभिन्न गतिविधिहरु अगाडी बढाएको समेत ढकालले बताइन् ।
लकडाउनलाइ प्रभावकारी बनाउन वीरेन्द्रनगरभित्र अन्यन्त्रबाट आएका व्यक्तिहरुलाइ यस नगरपालिकाले सहयोग एवंम उद्धार गरी गन्तव्य स्थलसम्म पुग्न सहयोग गर्दै आएको नगरपालिकाले जनाएको छ । वीरेन्द्रनगरमै बसोबास गर्ने तर बाह्य जिल्लाबाट लकडाउनको समयमा वीरेन्द्रनगरमा प्रवेश गरेका व्यक्तिहरुका लागि आश्रयस्थल एवंम पूर्व सावधानीगृह समेत नगरपालिकाले स्थापना गरी मिति २०७७ बैशाख ७ देखि सन्चालनमा ल्याएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालका अनुसार बैशाख ७ गते जुम्ला जिल्लाका ८ जनालाइ खाने बस्ने व्यवस्था गरी गन्तव्य स्थल पठाइएको र बबइमा अलपत्र परेका ११ जनाको उद्धार पश्चात खाने बस्ने व्यवस्था गरी पन्चपुरी नगरपालिकाका ४ जनालाइ समन्वय गरी पठाइएको र बाँकी ७ जनालाइ बालमन्दिर प्राविमा रहेको सावधानी गृहमा राखिएको छ ।
वीरेन्द्रनगर नगरपालिकाका स्थायी बासिन्दाहरु लकडाउनका कारण अन्यत्र कतै अलपत्र परेको भएमा उद्धारका लागि आफन्त वा एकाघरका परिवारले नगरपालिकामा सम्पर्क गरी जानकारी गराउन अनुरोध गरिएको ढकालको भनाई छ ।