बुधबार, माघ ९, २०८१

बरैंचे सामुदायिक वन उपभोक्ता समुहद्धारा ५०० घरधुरी लाई साबुन र २००० जनालाई माक्स वितरण

कर्णाली टाइम्स बुधबार, बैशाख १०, २०७७

सुर्खेत । पञ्चपुरी नगरपालिका ४ स्थित बरैंचे सामुदायिक वन उपभोक्ता समुहले पाँच सय घरधुरीलाई साबुन र दुई हजार जनालाई माक्स वितरण गरेको छ ।
सामुदायिक वनका उपभोक्ताहरुलाई कोरोना भाइरसबाट बच्नका लागि माक्स र साबुन वितरण गरिएको समुहका अध्यक्ष रण बहादुर भण्डारीले बताए । भण्डारीका अनुसार ३५ हजारको लगानीमा माक्स र साबुन वितरण गरिएको हो ।
माक्स बनाउनका लागि भेरी कर्णाली आचार्य फेन्सी पसलका सञ्चालक रण बहादुर आचार्यले कपडा सहयोग गरेका थिए भने सिलाएर तयार गर्न सामुदायिक वनको उपभोक्ता समितिले नै लगानी गरेको छ ।
साबिक बाबियाचौर वडानम्वर ४ का उपभोक्ताहरुलाई वडा अध्यक्ष प्रेम शाही र वन उपभोक्ता समुहका पदाधिकारीहरुको उपस्थिितिमा बाँड्न सुरु गरिएको पत्रकार दिलीप कँडेलले कर्णाली टाइम्सलाई जानकारी दिए ।