सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरले नगरपालिकाका १६ हजार ८ परिवारलाई राहत बाँडेको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा स्थायी र अस्थाई बसोबास गर्दै आएका नागरिकलाई लकडाउनका बेला दुई चरणमा राहतस्वरूप खाद्यान्न वितरण गरिएको हो ।
‘पहिलो चरणमा नगरका स्थायी बासिन्दा ६ हजार ६ सय ८२ परिवारलाई राहत वितरण गर्यौं । दोस्रो चरणमा नगरमा बस्दै आएका विद्यार्थी तथा मजदुरलाई ९ हजार ३ सय २६ परिवारलाई राहत वितरण गर्यौं ।’ नगरपालिकाका कार्यवाहक प्रमुख मोनमाया ढकालले भनिन्, ‘नगरपालिकाले प्रति ६ जनाको परिवारलाई ३० किलो चामल, १ किलो नुन, १ किलो दाल र १ लिटर तेल र प्रतिविद्यार्थी ५ किलो चामल, १÷१ किलो दाल, नुन १ लिटर तेल वितरण गरिएको हो ।,
पहिलो चरणमा नगरपालिकाले राहत वडा कार्यालयद्वारा वितरण गरेको थियो ।
दास्रो चरणमा नगरपालिकाले आपतकालिन सम्पर्क नम्बर १०१ मा निशुल्क फोन गरि राहत आवश्यक परेमा लिन सकिने जनाएको छ ।
कर्णाली टाइम्स
शुक्रबार, बैशाख १२, २०७७