सुर्खेत । भेरीमा नुहाउन गएका सशस्त्रका असई भुपाल कार्की बेपत्ता भएका छन्। गुर्भाकोट नगरपालिकाले सञ्चालनमा ल्याएको क्वारेन्टाइन सुरक्षामा खटिएका सशस्त्र प्रहरीका प्रहरी सहायक निरीक्षक कार्की शुक्रबार बेलुका साढे चार बजेतिर क्वारेन्टाइन नजिकै भेरीमा नुहाउन गएका थिए।
कार्की नुहाउने क्रममा डुबेर बेपत्ता भएको गुर्भाकोट नगरपालिकाका प्रमुख हस्त पुनले जानकारी दिए। ञतीन जना जवानसँगै भेरीमा नुहाउन गएका बेला पौडी खेल्नेक्रममा उहाँ डुबेर बेपत्ता हुनुभयो, मेयर पुनले भने, ‘बेपत्ता प्रहरी सहायक निरीक्षक कार्कीको खोजी भइरहेको छ।झ
गुर्भाकोट नगरपालिका६ निमारे निवासी कार्की गुमी सशस्त्र बेस क्याम्पमा कार्यरत थिए। उनको नेतृत्वमा छ जनाको टोली क्वारेन्टाइनको सुरक्षार्थ खटिएको थियो। इलाका प्रहरी कार्यालय छिन्चुका प्रमुख प्रहरी निरीक्षक माधवप्रसाद चौधरीले बेपत्ता सशस्त्र प्रहरी सहायक निरीक्षकको खोजी कार्य जारी रहेपनि फेला नपरेको बताए।