शुक्रबार, असोज १८, २०८१

काठमाडौंमा अलपत्र झण्डै सातसय जनालाई दैलेख ल्याइयो

  
कर्णाली टाइम्स आइतवार, बैशाख १४, २०७७

 


सुर्खेत।  दैलेखी समाजले काठमाडौंमा रही समस्यमा परेका झण्डै सातसय जनालाई उद्दार गरि दैलेख ल्याएको छ । लकडाउनका कारण काठमाण्डौमा समस्यामा परेका विद्यार्थी, मजदुरलाई दैलेख ल्याइएको अभियानकर्ता कल्पना थापाले बताइन् । काठमाणडौमा लकडाउनका कारण आफुहरु समस्यामा परेको बेला समाजले उद्दार गरि दैलेख ल्याएदिएकोमा खुसी हुँदै नारायण नगरपालिका ३ भुवन पाण्डेले धन्यवाद दिए ।
संघीय संसदका सांसदद्वय राजबहादुर बुढा र रविन्द्रराज शर्माको अगुवाईमा दैलेखी समाजले हालसम्म झण्डै ७ सय बढीलाई जिल्ला फिर्ता गरिसकेको छ । कोरोनाका कारण देश लकडाउन भएपछि काठमाडौंमा विद्यार्थी लगाएत मजदूहरु मर्कामा परेका थिए । उनिहरुलाई २ पटक गरी गृहजिल्ला फर्काइएको हो ।

अनेरास्ववियूका केन्द्रीय सदस्य कल्पना थापाले विद्यार्थीको संयोजन गरेर काठमाडौं रही समस्यामा परेका झण्डै ४ सय विद्यार्थीलाई घर पठाएको जानकारी दिइन् । २, ४ दिनको अन्तरालमा दैलेखका ११ वटै पालिकाका झण्डै ७ सय विद्यार्थी, मजदूर र अन्य पेसा तथा व्यवसायमा रहेका मान्छेलाई घर पठाएको उनको भनाई छ ।

काठमाडौँमा रहेको दैलेखका नागरिकको उद्धारमा संघीय सांसदद्वय राजबहादुर बुढा र रविन्द्रराज शर्मा, भैरवीका लागि नेकपाका केन्द्रीय सदस्य विष्णु रिजाल, नारायणका लागि पार्वती विशुन्के, चामुण्डा–बिन्द्रासैनी नगरपालिकाका लागि शेरबहादुर रावत, आठबीसका लागि तर्कबहादुर शाही, ठाँटिकाँध गाउँपालिकाका लागि सुस्मिता सिंह, महाबुका लागि नन्द विष्ट, नौमूलेका लागि नरबहादुर हमाल र प्रताप शाही, दुल्लुका लागि विनोदकुमार शाह, उद्धार टोलीमा खटिएका थिए । यस्तै, गुराँसका लागि टोपबहादुर बिसी, भगवतीमाई तथा डुंगेश्वरका लागि धर्मराज रेग्मी र हिक्मत थापा थिए भने र विद्यार्थीको संयोजन कल्पना थापाले गरेकी थिइन् ।