कर्णाली टाइम्स
मंगलबार, बैशाख २३, २०७७
सुर्खेत । सल्यानमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने पाँच घाइते भएका छन्। जिल्लाको कुमाख गाउँपालिका–३, चिनालीका ६ वर्षीया हिमानी रानाको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सल्यानले जनाएको छ।
चट्याङ लागेर घाइते बालिकाको जिल्ला अस्पतालमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ९डीएसपी० ढकेन्द्र खतिवडाले जानकारी दिए।
यस्तै, चट्याङ लागेर मृतककी आमा अतिराम र भाइ यमराज पनि घाइते भएका छन् । त्यस्तै, परिवारका अन्य सदस्यहरू टेकबहादुर, दीपा र रणसिंह राना पनि घाइते भएको प्रहरीले जनाएको छ। घाइते सबैको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ।
स–परिवार घरमा बसिरहेका बेला आज बिहान चट्याङ परेको थियो ।