बुधबार, माघ ९, २०८१

हतियारसहित फरार भएका प्रहरी जवान मृत भेटिए

  
कर्णाली टाइम्स मंगलबार, बैशाख ३०, २०७७

सुर्खेत । हतियारसहित फरार भएका प्रहरी जवान मृत भेटिएका छन् । सुर्खेतको सिम्ता गाउँपालिका प्रहरी चौकी आग्रीगाउँमा ड्यूटिमा रहेका प्रहरी जवान नरेन्द्र खड्का हतियारसहित सोमबार राती फरार भएको प्रहरीले जनाएको थियो । एक थान पेस्तोल र सात राउण्ड गोलीसहित भागेका उनलाई सोमबार रातीदेखि नै खोजी कार्य जारी राखिएको थियो । सिम्ता गाउँपालिका आग्रीगाउको देउली प्रहरी चौकी नजिकै ऐसेलु घारीमा खड्काको लास भेटिएको हो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेत, इलाका प्रहरी कार्यालय बादेपिपल राकमबाट खटिएको प्रहरी टोलीले मंगलबार आज विहान ९ः०० बजे प्रहरी जवान खड्काको बेवारिसे अवस्थामा मृत लास भेटाएको छ ।
प्रहरी चौकीको पाँच सय मिटरको दुरीभित्र नजिकै कञ्चटमा गोली लागेको अवस्थामा प्रहरी जवानको मृत लास भेटिएपछि प्रहरी वृत्तमा समेत खैलाबैला मच्चिएको छ । पुख्यौलि घर सिम्ता भई हाल गुर्भाकोट नगरपालिका मेहलकुना निवासी प्रहरी जवान खड्काको हत्या वा आत्महत्या अनुसन्धान भैरहेको प्रहरीले जनाइएको छ ।
कर्णाली प्रदेश प्रहरी प्रमुख डिआइजी वसन्त कुमार पन्तले प्रहरी फरार जवानको खोजी कार्यमा खटिएको प्रहरी टोलीले नजिकै लास भेटाएको जानकारी दिए ।