सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिका वडा नम्वर ११ र १३ स्थित शिखर र चौतारी रेडियो स्रोता समुह , नागरिक समाज संस्था र सामुदायिक सञ्चारकर्मी बिच नयाँ प्रविधि जुम क्लाउड एप्लीकेशन मार्फत अनलाइन बैठक सम्पन्न गरिएको छ ।
शुक्रबार सुन्दर नेपालद्धारा सञ्चालित पारस्परिक जवाफदेहिता परियोजनाका कार्यक्रम संयोजक खिम रेग्मीको प्रमुख आतिथ्यतामा सञ्चालन गरिएकोे अनलाईन बैठकमा स्थानीय तहमा योजना तर्जुमाका विषयमा रेडियो सा्रेता समुहको भुमिका विषयमा छलफल भएको हो ।
पारस्परिक जवाफदेहिता परियोजनाका प्रमुख खिम रेग्मीले वडा र टोलमा हुँदै गरेका विकास निर्माणका काम र योजना तर्जुमामा स्रोता समुहले आवश्यक समन्वय गर्नुपर्ने बताए ।
विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको जोखिमबाट बच्न अपनाउनुपर्ने सावधानी र लकडाउनका बेला समुदायका सिमान्तकृत समुह, दलित, महिला, मजदुर, सुकुम्बासी र युवाहरुको अवस्थाका विषयमा छलफल गरिएको छ ।
साथै यो विषम् परिस्थतिमा स्थानीय तथा प्रदेश सरकारले कोरोना रोकथाम, राहत तथा उद्दारका विषयमा गरिएका कामहरुको बारेमा समेत छलफल गरिएको छ ।
कोरोनाका कारण नियमित बैठक बसेर कार्यक्रम नसुनेपनि स्रोता समुहका सदस्यहरुले घर–घरमा सुरक्षित बसेर कार्यक्रम सुन्ने गरेको शिखर रेडियो स्रोता समुहकी अध्यक्ष सिर्जना रसाइलीले जानकारी दिइन् ।
अनलाइन बैठकमा पारस्परिक जवाफदेहिता परियोजनाका प्रमुख खिम रेग्मी, जाजरकोटका कार्यक्रम अधिकृत रविन्द्र कुमार चन्द , पारस्परिक जवाफदेहिताका अभियान सुपरभाइजर गगन खड्का, सामुदायिक अनुसन्धनकर्ता मिना शाही, सामुदायिक सञ्चारकर्मी जगतदल जनाला विक, शिखर रेडियो सा्रेता समुहका अध्यक्ष सिर्जना रसाइली, सहजकर्ता पुष्पा खड्का, सदस्यहरु देवी शाही, पुष्पा शाही र चौतारी रेडियो स्रोता समुहका अध्यक्ष सिता डाँगी, सचिव मान कुमारी पौडेल, सहजकर्ता करुणा वलीको उपस्थिति रहेको थियो ।
यस्तै पा्रविधिक समस्याका कारण लेकवेशी रेडियो स्रोता समुहसँग अर्कोदिन उपयुक्त समय छनोट गरि छलफल गरिने छ ।