शनिबार, माघ २६, २०८१

कर्णालीमा पनि पस्यो कोरोना

दैलेख, आठवीसका ३५ वर्षीय व्यक्तिमा देखियो संक्रमण

  
कर्णाली टाइम्स सोमवार, जेष्ठ ५, २०७७

सुर्खेत । कर्णाली प्रदेशमा पनि कोरोना प्रवेश गरेको छ । सोमबार दैलेखका एकजनाको रिपोर्ट पोजिटिभ देखिएपछि औपचारिक रुपमा कोरोना संक्रमण देखिएको हो ।

दैलेख, आठबीसका ३५ वर्षीय व्यक्तिमा कोरोना देखिएको हो । ती व्यक्ति एक साताअघि भारतबाट आएका थिए । स्वाबको नमुना सोमबार सुर्खेतमा परीक्षण गर्दा पोजिटिभ देखिएपछि पुनः परीक्षणको लागि सोमबारै नेपालगन्ज पठाइएकोमा थियो । त्यहा“ पनि रिपोर्ट पोजिटिभ आएको कर्णाली प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काले जानकारी दिए । संक्रमित व्यक्ति अहिले दैलेखको आठबीस नगरपालिकास्थित क्वारेन्टाइमा रहेका छन् । कोरोना देखिएपछि भोलिदेखि थप सतर्क र सुरक्षित भएर कोरोना रोकथाम तथा नियन्त्रण्मा लाग्नुपर्ने अवस्था आएको उनले बताए ।

प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका प्रयोगशाला संयोजक ओम आचार्यले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले दाङ, सुर्खेत र धनगढीको प्रयोगशालामा रिपोर्ट पोजेटिभ देखिएमा ‘क्रस चेक’ को लागि नेपालगन्ज पठाउन परिपत्र गरेको बताए । सोही अनुसार ती व्यक्तिको स्वाबको नमुना नेपालगन्ज पठाइएको हो । उनका अनुसार सोमबारसम्म कर्णालीमा २ हजार ७ सय ८९ जनाको पीसीआर गरिएको छ ।