आइतवार, चैत्र ९, २०८१

जिउँदो व्यक्तिलाई मृत्यु भएको भनि समाचार लेख्ने ३९ अनलाइन कारबाहीमा

  
कर्णाली टाइम्स बिहीबार, जेष्ठ ८, २०७७

          प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले फेसबुकमा हालेको स्टाटस ।

काठमाडौं । रूपन्देहीको क्रिमसन अस्पतालमा उपचार गराइरहेका गुल्मीका कोरोना संक्रमितको मृत्यु भएको भन्दै गलत समाचार प्रकाशित गर्ने ३९ वटा अनलाइनलाई नेपाल प्रेस काउन्सिलले कारबाही गरेको छ।

जीवित व्यक्तिलाई मृत्यु भएको भनेर भ्रामक समाचार प्रकाशन गर्ने ८ वटा अनलाइन नेपालभित्र प्रसारण नहुने गरी बन्द गरिएको काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले जानकारी दिए।

प्रेस काउन्सिलको इतिहासमा एकै दिन यतिधेरै कारबाही भएको यो पहिलो घटना हो भएको प्रेस काउन्सिलले जनाएको छ।

बुधबार विभिन्न अनलाइनले गुल्मीका कोरोना संक्रमित शिक्षकको मृत्यु भएको भनी खबर प्रकाशित गरेका थिए। स्वास्थ्य मन्त्रालयले भने संक्रमित बिरामीको अस्पतालमा उपचार भइरहेको जनाएको छ।