शुक्रबार, साउन ४, २०८१

सुर्खेतका तीन जनासहित कर्णालीमा कोरोना संक्रमितको संख्या ४ पुग्यो

  
कर्णाली टाइम्स शनिबार, जेष्ठ १०, २०७७

जगतदल जनाला विक

सुर्खेत । कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ४ पुगेको छ । गत सोमबार दैलेखका १ जनामा कोरोना पुष्टी भएको थियो ।

बिहीबार भारतबाट आएमा १५ नेपालीमा आरडीटी पोजिटिभ देखिएकोमा प्रादेशिक प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा ३ जनाको रिपोर्ट पोजिटिभ देखिएपछि पुनः परिक्षणका लागि नेपालगञ्ज पठाइएपछि त्यहाँ पनि पिसीआर पोजेटिभ देखाएको हो ।
‘आरडीटी गर्दा पोजिटिभ देखिएकामध्ये ३ जनाको सुर्खेत र नेपालगञ्जमा पीसीआर रिपोर्ट पनि पोजिटिभ आएको छ,’ प्रदेश अस्पताल सुर्खेतका निर्देशक डम्बर खड्काले भने, ‘पीसीआरमा पोजिटिभ देखिएका ३ जनालाई आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।’

बिहीबार भारतबाट फर्किएका १६ सय नागरिकमध्ये बबईमा ७ सय ४० जनाको आरडीटी गरिएको थियो । डाक्टर खड्काका अनुसार आज पोजेटिभ रिपोर्ट आएका २२ वर्षकी महिला, २५ र ३२ वर्षका पुरुष तीनै जना सुर्खेतका हुन् ।

अहिलेसम्म चारै जनाको उपचार प्रदेश अस्पतालको उपचार भइरहेको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको निर्देशक खड्काले जानकारी दिए ।